नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशन मगरात प्रदेश बुटवलमा हुदै

काठमाण्डौं। नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशन मगरात प्रदेश बुटवलमा हुने भएको छ । यही फागनु १० गते शनिवार हुने राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगरले जानकारी दिनुभयो । संघको संस्थापक अध्यक्ष समेत रहनुभएका थापाले देशैभरका मगर भूतपूर्व सैनिक तथा प्रहरीहरुको सहभागीता रहने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जानकारी दिनुभयो । नेपाल मगर संघ बुटवल, १३ इकाई समितिको ब्यवस्थापनमा बुटवल १३ पितृथान, बदेलपोखरीमा कार्यक्रम हुने आयोजकले जनाएका छन् । 
मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र, मगर भूपूसैनिक प्रहरीको शान, हाम्रो पहिचान भन्ने मुल नाराका साथमा हुन लागेको मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनलाई सबैको साथको आवश्यक रहेको समेत अध्यक्ष थापाले बताउनुभयो । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा नेपाल प्रहरी, नेपाली सेना, भारतीय तथा बेलायती सेनामा आवद्ध मगर भूपूहरुको सहभागीता छ । नेपाल मगर संघमा आबद्ध मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ सबैपार्टीमा बिचार राख्ने मगर भूपूहरुको साझा संस्था हो नेपाल मगर सघको भाद्री सस्था हो।

प्रतिक्रिया लेख्नुहोस्

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar