५ नं. प्रदेशलाई मगरात प्रदेश नामाङकरण जोडदार माग सहित बैठक सम्पन्न

“५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल गराउन बसेको वैठक

वुटवल। नेपाल मगर संघ मगरात प्रदेश नं. ५ समितिको छैठौं पुर्ण बैठक प्रदेश अध्यक्ष बिमल सारुमगरको अध्यक्षता, अन्तर्राष्ट्रिय मगर महासंघ साथै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोकामगरको प्रमुख आतिथ्यता ,केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर बिर्कटटा मगर, केन्द्रिय कोषाध्यक्ष कमला थापा मगर, केन्द्रिय सदस्य धन बहादुर पुनमगरको बिशेष उपस्थितिमा महत्वपूर्ण निर्णय गरिएको छ ।
प्रमख आतिथ्यमा सम्बोधन गर्दैनेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष

नेपाल मगर संघ मगरात प्रदेश न ५ समितिको छैठौं पुर्ण बैठकको प्रमुख अतिथी:- नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले समुद्धाटन गर्नुभयो।मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा साथ सु-सम्पन्न भएको थियो।त्यसैले एेतिहासिक मानब पहिचानको आधार र बहुसंख्यक मगरहरुको मानबिय अस्तित्व रक्षाका निम्ति प्रदेश ५ लाई मगरात नामाकरण गर्न ५ नम्बर प्रदेश मगरातको जनता लड्न तयार रहन निर्देशन दिनुभयो।नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले प्रमुख आतिथ्यको रुपमा सम्बोधन गर्दै भन्नुभयो मगर समुदायको पहिचानसंग जोडिएको ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा–संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका मगरहरु एकजुट भइ अगाडी बड्न निर्देशन दिनुभएको छ।नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि हो।आदिवासी, मुलवासी एसियाको पुरानो जाती मगर नै हो, मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। “इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास मगरात हो, मगरहरुले खोजेको मगरात हो। जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” नेपालको पुरानो नाम नै मगरात हो, मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन्।मगर जात हो, मगरात मगरहरुको पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, नारायणी, कर्णाली भन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्व सहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं त्यस सम्पुर्ण मगरहरु एक भए लाग्न निर्देशन दिनुभयो। साथै नेपाल मगर संघ मगरात प्रदेश न ५ समितिको छैठौं पुर्ण बैठक प्रदेश अध्यक्ष बिमल सारुमगरको अध्यक्षतामा बैठक बसी महत्वपुर्ण निर्णयहरु गरिएको छ।

१) श्रद्धाञ्जली : प्रथम सहिद क्याप्टेन लखन थापामगर, उजिर सिह थापामगर, कामी बुढामगर, हेम ब पुनमगर, गोरे ब खपाङी मगर लगायतका जनयुद्ध, जनआन्दोलनसम्मका सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पन गरियो ।
२) ३८ औ मगर एकता दिवसको बारे : प्रदेश न ५ का १२ जिल्ला, १०९ वटै स्थानीय तहमा ३८ औं मगर एकता दिवस आ-आफ्नो सापेक्षतामा मगर ५ न प्रदेशलाई मगरात प्रदेश नामकरनका लागी आन्दोलनकै रुपमा मनाउने निर्णय गरियो।
३) मगरात सङ्घर्ष बारे: ५ न प्रदेशलाई मगरात प्रदेश नामाङ्करन गर्न दवाद स्वरुप पोस्टर छाप्ने र १२ जिल्लामा व्यापक पोस्टर टास्ने,
अपिल पत्र जारी गर्ने ।
नेपाल मगर संघ केन्द्र र प्रदेशले मगरात प्रदेशको लागी
– पत्रकार सम्मेलन गर्ने ।
शान्तिपूर्ण रूपमा राखेको आफ्ना माग स्मरण पत्र फेरि मुख्यमन्त्रीज्यु लगायत सबै माननीय,राजनितीक दललाइ पुनः स्मरण पत्र बुझाउने ।
जिल्ला समन्वय समितिले cdo प्रमुख जिल्ला अधिकारि ज्युलाइ बुझाउने ।
– मगर दिवसको पुर्व सन्ध्यामा १२ जिल्लामा अन्तरकृया, कोणशभा, मोटर साइकल र्याली गर्ने निर्णय गरियो ।

४) प्रदेश समितीमा सल्लाहकार समिती गठन:
१) सुबेन्द्र बुढामगर । पुर्बी रुकुम ।
२) नन्दलाल घर्तीमगर ।
३) आस ब. पुनमगर । रोल्पा
४) फन ब . पुन मगरमगर । अर्घाखाँची ।
५) टीका ब रेश्मी मगर । गुल्मी ।
६) गिर ब थापामगर । पाल्पा
७) ओम पुन मगर । नवलपरासी ।
८) सकुन्तला पुनमगर । रुपन्देही
९) दिलिप थापामगर ।
१०) चोपलाल राहुल मगर । कपिलवस्तु ।
११) बालराम बुढामगर ।
१२) टोप ब थापामगर ।
१३) हरिमान पुन । दाङ ।
१४) भिम कुमारी बुढामगर ।
१५) दयाजी रोकामगर ।
१६) धन सिंह रानामगर । बाङके ।
१७) लिला राना मगर । बर्दिया ।
१८) वीर ब घ.म ।
१९ प्युठान
५) संयुक्त मगर मन्च गठन :
नेपाल मगर संघ प्रदेश अध्यक्षकै संयोजत्वमा सयुक्त मगर मंच गठन गर्ने निर्णय गरियो ।
सबै राजनितीक दलमा आवद्ध मगर भातृसस्थाहरुको सिफारिसमा समितीबन्ने छ ।
६) संगठन बिस्तार र प्रशिक्षण कर्यक्रम जिल्ला स्थानीय तहहरुमा ब्यापकरुपमा लैजाने निर्णय गरियो ।

नेपाल मगर संघ केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर बिर्कट्टा मगरले भन्नुभयो हामिले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक मागमा एक हुन निर्देशन दिनुभयो,
नेपाल मगर संघ मगरात प्रदेश न ५ समितिको छैठौ पुर्ण बैठक प्रदेश अध्यक्ष बिमल सारुमगरको अध्यक्षता बैठक बसी समापन गर्दै भन्नुभयो ५ नम्बर प्रदेशको नामाकरण गर्दा खोला/नदिनाला/जंगलको नामबाट नगरी, ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो उत्पीष्टि समुदाय मगरहरुको आदिम भूमि र आधुनिक नेपालको प्राचीन सभ्यता भएको हुनाले इतिहारको सम्मानार्थ पनि मगरात नामाकरण गर्न जोडदार माग गरेको निर्णय निर्देशन कार्यन्वयन पहल गर्ने कुरा राख्दै बैठक टुङ्गिएको जानकारी मगरात नेपाल डटमकलाइ जानकरी दिनुभएको हो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar