काभ्रेको जननिर्वाचित वडा सदस्य एवम् मगर संघ प्रदेश ३को सदस्य हृदयघातबाट निधन

काभ्रे रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ का जननिर्वाचित वडा सदस्य एबम् नेपाल मगर संघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको सदस्य विनोद कुमार सिंजाली मगरको निधन भएको छ । आज (शुक्रबार) विहान हृदयघातका कारण वडा सदस्य एवम् नेपाल मगर संघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको सदस्य मगरको निधन भएको जनाएको छ ।

हृदयघात हुनेवित्तिकै मगरलाई धुलिखेल अस्तपतालमा उपचारको लागि ल्याएको नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्ग मगरातको सदस्य एबम् काभ्रे जिल्ला इन्चार्ज लेखराम सारु मगर ‘वबाल’ मगरात नेपाललाइ जानकारी दिए। नेकपाको सक्रिय सदस्य एवम् नेपाल मगर संघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातको सदस्य समेत रहेका ६६ वर्षीय मगरको धुलिखेल अस्पतालमा निधन ववालले बताउनुभएको हो।

उनी स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा सदस्य पदको उम्मेदवार थिए । उनले निर्वाचनमा अत्याधि मतले विजय समेत गरेका थिए । उनी सो भेगको चर्चित कम्युनिष्ट नेता समेत रहेका थिए । उनको निधनले पार्टीलाई अतुलनीय क्षति भएको नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्ग मगरातको सदस्य एबम् काभ्रे जिल्ला इन्चार्ज लेखराम सारु मगर ‘वबाल’ बताउनु भएको छ । मगरको शवलाई पशुपति आर्यघाटमा दहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar