मगर संघको संस्थापकहरुलाई मगर गौरब पदक द्वारा सम्मान गर्ने, प्रमुख अतिथी माननिय गृहमन्त्री ‘वादल’


काठमाण्डौ: मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा बोकेको नेपाल मगर संघले फागुन १५ मा देश विदेशमा मगर एकताको दिवस मनाउंदैछ । विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गांस्ने दिन हो मगर दिवस, मगर स्थापना दिवस । त्यसैले “मगरात भुमी हाम्रो पौरख, मगर इतिहास हाम्रो गौरव” ३८औँ राष्ट्रीय मगर एकता दिवस (फागुन १५)मा नेपाल सरकारका गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव, गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री,माननीय रामबहादुर थापा मगर “बादल” ज्युको प्रमुख आतिथ्यमा, नेपाल मगर संघ केन्द्रिय समितीको मुख्य-आयोजनामा संस्थापकहरुलाई “मगर गौरब पदक” द्वारा सम्मान गर्दै नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले अपिल गर्दै सव्य र भव्य साथ प्रज्ञा भवनमा भव्यरुपमा मनाउने भएका छन।

यस २०७६बर्षको मगर दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगर एकता सधैं कायम रहिरहोस् साथै विचारमा विविधता मगरहरु साझा मुद्धा मगरातमा एकता भन्ने उद्देश्य बोकेर अगाडि बढोस ।नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान आधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु मुख्यौली थातथलो जातीय भूमि (मगरात) मगर जातीयले बोलिने तीन वटा मातृभाषा (ढुुट, खाम, पाङ र काइके) मगर जातीको धर्म प्रकृति पुजक, बौद्ध मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मगर जाती समुदायको रुपमा चिनिदै आएको छ ।नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि हो।आदिवासी, मुलवासी एसियाको पुरानो जाती मगर नै हो, मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। “इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास मगरात हो, मगरहरुले खोजेको मगरात हो। जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” नेपालको पुरानो नाम नै मगरात हो, मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन्।मगर जात हो, मगरात नेपालको (मगरहरु) पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, नारायणी, कर्णाली भन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन्। यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्व सहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं त्यस सम्पुर्ण मगरहरु एक हुनुको बिकल्प नै छैन।छुट्टै फरक आफ्नै मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुको आ-आफ्नै पहिचान र अष्तित्व बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । जसमा मगर समुदाय पनि एक हो । आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायक तहमा पुराउन सम्पुर्ण मगर एक जुत हुन जरुरी छ ।।
नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबै भन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको आर्थिक, राजनीतिक, तथा समाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माण प्रक्रियामा गहन भुमिका हुदै आइरहेको छ ।
सम्पुर्ण मगर जातीको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वासीलो मानिन्छ । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरहरुको थर तथा उपथरहरु अन्य गैरमगरहरु संग मिल्ने र मिलाउने भएको हुंदा जनगणनाले सही तथ्यांक दिन नसकसको अवस्था हाम्रो सामु जगजाहेर छ । यस विषयमा गहिरिएर अध्यान अनुसान्धान गर्न जरुरी छ । यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हामी माझ ताजै छ ।फागुन १५ मा मगर समुदाय किन मगर दिवस मनाउंदै आइरहेका छन् भन्ने बारेमा कतिपय नयां पिढि होस् या त बास्तविक सूचना देखि टाढा रहेका मगर समुदायले नबुझेका हुनाले पनि मगर दिवसलाई मगर समुदायको चाडको रुपमा लिनु पर्छ भन्ने कुरा मगर समुदायमा भान छ ।
फागुन १५ मगर समुदायको चाड नभएर मगर समुदाय एकजुट भएको दिन हो यो दिन मगरात मुद्धामा एक हुनु नै हो। जुन दिन मगर समुदायको एकता भएको दिन भनेर बुझ्नु आवश्यक छ । जनसंख्याको आधार यति ठूलो मगर समुदायलाई आफ्नो दिवसको बारेमा जानकार नहुंदा यस दिवसलाई चाडपर्वको रुपमा बुझिरहेको अवस्था छ । मगर जातीको आफ्नै पहिचान भएको चाड माघे सकराती(माध्या कराटी) हो जुन चाडमा मनाउंदा प्रकृति पुजन गरिन्छ । बनजंगलमा पाहिने कन्दमुल, सखरखण्ड, गेडागुडी खाने गरिन्छ किन कि हामी मगर जाती प्रकृति प्रेमि छौ र प्रकृतिको छत्रछायामा हुर्किए आज यो अवस्थामा आईपुगेका छौ । त्यसैले पनि मगर समुदायको मुख्य राष्ट्रिय चाड भनेकै माघेसकराती हो । माघे करातीलाई नेपाल सरकारले राष्ट्रिय चाडको रुपमा घोषणा गरी विदा समेत दिएको छ । तर फेरि कटौती गरेको छ।बिश्वभर मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीहरुलाई चांसोको विषय पनि बन्दै आएको छ । कतिपयले यो दिवसको बारेमा राम्रो संग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् विषयत यो दिवस मनाउनु मगर जातीको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउंदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो जुन हो मगरात स्वयक्त प्रदेश । जसले गर्दा समग्र देशको विकासले गति लिनेछ। नेपाल मगर संघको सांगठानिक इतिहास हेर्दा वि.स. १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको हो । संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै आज मगर दिवस विश्वभर मनाउदैछ । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात वि.स. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमा क्या. पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । यसरी म्याग्दीको औलो गाउंमा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरहरुको हकहितकालागि एउटा समिति गठन भएको मगर इतिहासविद्धहरु बताउंछन् । त्यसपछि वि.स. २०१४ सालमा तनहुंमा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि.स. २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ स्थापना गरेका थिए ।

वि.स. २०३६ सालमा डा.हर्षबहादुर बुढामगरको अध्यक्षतामा लाङघाली परिवार संघ गठन गरेको पाइन्छ । मगर इतिहासविद्धहरुका अनुसार वि.स. २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेम बहादुर पुनमगरको अध्यक्षतमा नेपाल लाङघाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो। त्यसपछि वि. स. २०३९ साल फागुनको १४,१५ मा तनुहंको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुन मगरलाई अध्यक्ष चयन गरेको थियो ।
नेपाल मगर संघको सांगठनिक रुपमा परिवर्तन आउंदै गर्दा वि.स. २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघ हुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको हो। जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । वि.स. २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य संगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि.स. २०४८ सालमा नेपालका पूर्व मन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ”मा नामाकरण भएको थियो ।
लाङघाली परिवार संघबाट नेपाल मगर संघमा आईसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकिकृत, संगठीत र संरक्षीत गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५ को बार्षिक रुपमा मगर समुदायको जन्म भएको दिवसको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासाथ गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनीहरु मगर समुदायले गर्दै आइरहेका छन ।
इतिहासविद् एमएस थापाको भनाई अनुसार नेपालका मूलबासी नै मगरहरु हुन भनेर किटान गरेका छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिला नेपालमा धेरै मगर राज्यहरु थिए र कालीगण्डकी देखि दांया अथवा पूर्वतिर १२ वटा र बांया पश्चिमतिर १८ वटा मगर राज्यहरु थिए । जुन राज्यहरुलाई १२ मगरात र १८ मगरात भन्ने गरिन्थ्यो । ति राज्यहरुमध्ये धेरै शक्तिशाली राज्यहरु पाल्पा र गोर्खा थिए । जुन राज्यहरुमा मगर राजाहरु थिए । ति समयमा राजा, मन्त्री, भारदार, निजामति कर्मचारी सेना तथा सरकारी निकायहरुमा सबै मगरहरुको पहुंच थियो । जुन समय मगरहरु भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचानहरु अपार शक्तिको रुपमा स्थापित थियो । जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण तथा १०४ वर्षे राणा शासनकालमा मगरहरुको हकअधिकार, भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान गुमराह शून्य स्थितिमा परिणत भयो ।
धेरै धनि मगरहरु तथा राज्यका विभिन्न निकायका वरिष्ठ पदाधिकारीहरु गैरमगर जातीहरुमा पयालन भए । जसले गर्दा मगरहरुको हकअधिकार र पहिचान शून्य स्थिति र अझै भयावह स्थिति पुग्न गयो ।
२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापित भयो त्यसपछि केही बुद्धिजिवि मगरहरुले सा–सानो झुण्डमा संगठीत हुंदै गएर आज मगर संघ मात्र होइन मगर संघको भातृसंघ पनि गठन भएको छ । जसमा नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ,नेपाल मगर खेलकुद संघ, नेपाल मगर युवा संघ, नेपाल मगर मगर भूपु सैनिक संघ, नेपाल मगर लेखक संघ, मगर रेडियोकर्मी संघ,नेपाल मगर चलचित्रकर्मी संघ, नेपाल मगर बौद्ध सेवा समाज, विभिन्न सम्पर्क तथा समन्वय समिति, भाषिक, साहित्यिक, धार्मिक, सामाजिक, सांस्कृतिक संघ जस्ता मगर संघसंगै सम्बन्धीत निकायहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै यी संघहरु क्रियाशील रहेका छन् । यसरी मगर जातीले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक अधिकारलाई स्थापित गर्न मगर दिवस मनाउंदै आइरहेको छ । जसको नतिजाले र संगठनले गर्दा आज राज्य समेत मगर समुदायको आवाजलाई सुन्न बाध्य भइरहेको छ । एक दिन मगर समुदायको भावना, आवाज र पहिचान स्थापित हुन्छ ।सांसार भरिछरिएर बसोबास गर्दैआएका मगर समुदायहरुले आफ्नो भेषभुषा, भाषा , सस्कार सास्कृती र पहिचान जोगाउन र सम्पुर्ण मगरहरुमा आपसी मेलमिलाप ,मित्रता , भाइचारा ,सद्भाव साथै मगर एकता अझ बलियो होस भन्ने उद्देश्यको साथ २०३९ दाल फागुन १५ गते भएको केन्द्रिय प्रथम महाधिवेशनलाई आधार मानी मगर दिवस मनाउन थालिएको हो ।स्थापना काल देखि अहिलेसम्म को मगर हरुको खम्बा अभिभावकहरु २०३९-२०७३ हाल सम्ममा
(१)श्री सस्थापक अध्यक्ष : हेम ब. पुन मगर
(२)श्री कबिराज पुन मगर
(३)श्री मानध्वज राना मगर
(४)श्री गोरे ब. खपाङ्गी मगर २०४८-२०५१-२०५४- २०५६ ( ४ कार्यकाल )
(८) श्री याम ब.बुढाथोकी मगर
(९)श्री झक थापा मगर
(१०) श्री महेन्द्र थापा मगर
(११) श्री नवीन रोका मगर
यहाँहरु सबैजनालाई सम्मान साथ धन्यवाद दिदै ३८ औ मगर एकता दिबस उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बसोबास गर्नु हुने समस्त मगर आमा बुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा शुख शान्ती सु- स्वास्थ्य दिर्घायु साथै उन्नति र प्रगति को हार्दिक शुभकामना ब्यक्त गर्दछौ। साथै नेपाल मगर संघको ११औं महादिवेशनबाट अध्यक्षमा निर्वाचित हुदै गर्दा आदिवासी मगर समुदाय नया अनुहार फेरिएको छ, सामाजिक परिवर्तन सगै राजनैतिक परिवर्न हुन आबश्यक रहेको अभियानमा अगाडी वड्नु भएको छ।राजनैतिक विचारमा विविधता मगर साझा मुद्धामा एकता जोडदार रुपमा उठाउनुभएको छ। जन्माएको नवीन मगरातले सामाजिक आन्दोलनको मात्रै नभएर राजनैतिक आन्दोलनलाई समेत ठिक ढंगले नेतृत्व गरेर देशलाई फरक तवरले नेतृत्व गर्ने र समाजलाई रुपान्तरण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमता अनुभव काफी रहेकोले यो देशले एकपटक नवीन रोका मगरको पर्खाइ गरिरहेको पक्का हो।जुन ऐतिहासिक कदमको यात्रा रोल्पावाट शुरु हुनेछ ।ईतिहासले खास मानिसलाई खास बेलामा जन्म दिन्छ भनेको कुरा दम छ भन्ने कुरा नवीन मगरातको कदमहरुले साबित गर्ने गर्दछ।जे होस् देशका कुशल असल र असाधारण क्षमता र बिचार भएका व्यक्ति लाई पढ्न र बुझ्न समय लाग्दो रहेछ।हामी फेरि पनि गर्व गर्दै मगरात जनसास्कृतिक अभियानमा जोडदार हार्दिक बधाई दिन चाहन्छौं । उहा कै पालामा मगर अन्तराष्ट्रिय महासंघ स्थापना गरि संसारभरी मगरहरुलाइ एकता कायमगर्दै मगरात मुद्धामा एक हुन अपिल गर्नुभएको छ। साथै सस्थापक “मगर अन्तराष्ट्रिय महासंघ”अन्तराष्ट्रिय समतीको अध्यक्ष नविन रोका मगर जिम्वार लिनुभएको छ।साथै नेपाल मगर सघ केन्द्रिय अध्यक्ष नविन रोका मगर भन्नुहुन्छ‘देश सम्पूर्ण समुदायको साझा बन्छ कि बन्दैन। संविधान सबै जातजाति, वर्गको साझा दस्तावेज बन्छ कि बन्दैन । मगर समुदाय नेपाली नागरिक हो कि होइन ? यदि मगर नेपाली नागरिक होइन भने सिंहदरवारका शासकहरुले खुलेर भन्नुप¥यो । त्यसपछि गरौंला आमनेसामने हिसाबकिताब । मगर समुदाय यो देशको विरुद्धमा होइन, यो माटोको विरुद्धमा होइन, यो समाजको विरुद्धमा होइन। उहाँले भन्नुहुन्छ –‘यो देशमा परिवर्तनका लागि सबैभन्दा बढी रगत बगाउने मगर समुदायले बगाएकोछ । त्यसकारणले देशको माया हुनेले रगत बगाउछ, देशको माया नहुनेले रगत बगाउदैन हिसाबकिताब यहाँबाट शुरु गरौं । उहाँ एकृकित मगरात, पहिचान सहितको संघीय नेपाल निर्माणको सर्बोच्च कमाण्डर हो।उहाँले मगराँत पहिचान र मगर अधिकार र नेपालको उत्पीडित जातजातिको विरुद्धमा कुनै सम्झौता गर्नेवाला छैन । त्यसका लागि कुन तहको आन्दोलन गर्नुपर्ने हो, कुन तहको लडाई लड्नुपर्ने हो उहाँ मैदानमा हाजिर भैसकेको सबैलाइ अवगत नै छ। उहाँ हिजोसम्म हामी कुनै व्यक्तिका लागि लड्यौं, मर्रौ होला ? कुनै शासकहरुको कुर्सीका लागि लड्औं होला । अब आफ्नो पहिचन सहितको सबै नेपालीहरुका लागि निर्णायक लडाई लड्नु पर्ने दिन नजिक आयो कि ? भन्ने हामीले महसुस गरिसकेका छौं । त्यसैले मगरातसहितको संघीय गणतन्त्र नेपालको विल्कुल विकल्प छैन। मगरात विनाको नयाँ नेपाल हामीलाई स्वकार्य छैन । नेपाल सहितको मगरात, मगरातसहितको नेपाल हामीले परिकल्पना गरिसकेका छौं । यो मुद्दा आज कुनै पार्टी, कुनै मगरले मात्र उठाएको होइन, राजनीतिक विद्रोह नेपालको प्रथम शहीद लखन थापा मगरदेखि उठेको हो । त्यसकारणले अधिकार नपाए राज्य विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने यो विचार कसैले सिकाको होइन, महामानव नेपालको प्रथम शहीद लखन थापा मगरले सिकाएको हो। हामी शहीदको सपनाको विरुद्धमा, नेपाली जनताको विरुद्धमा, बलिदानीको विरुद्धमा कुनै हालतमा पाइला चल्ने छैनौं । बिगतमा जारी संविधानले मगर भाषा, संस्कृति, धर्म, राजनीतिक अधिकारको बारेमा कहाँ निर कुन धारामा बोलेको छ । विल्कुल बोलेको छैन । त्यसकारण मगरातका जनता, मगर जाति र मगर संघ अहिलेको संविधानको विरुद्धमा छ । जबसम्म मगरात पहिचानसहितको मगरात प्रदेश घोषणा हुदैन ।उहाँ जबसम्म बहुभाषिक नीति, बहुसंस्कृति, बहुधार्मिक नीति स्वकार्य गरिदैन, तबसम्म मगर जाति हजारौं पुस्तासम्म लड्न तयार छ । मगरात पहिचानसहितको सघिय गणतन्त्र नेपालको सर्बोच्च कमाण्डर हो। सामाजिक अभिनेता सँगै राजनैतिक नेता बन्नुभएको छ।धन्यवाद,झोर्ले,जेदो,सिमेपऊ!!!

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar