११० औं अन्तराष्ट्रिय नारी दिवस के हो ? यस्तो इतिहास

२५ फागुन, काठमाडौं । ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।नारी दिवसका अवसरमा यसअघि सरकारी तवरबाटै कार्यक्रम हुने गरेका थिए । तर, कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित भएको छ ।

कसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।
के हो अन्तराष्ट्रिय नारी दिवस?
अन्तराष्ट्रिय नारी दिवस वुझ्न आज यो संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गीक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसीत भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा यूगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।आज संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई वेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानूनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गीक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन्, कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखाैटाबिच लुकाइन्छ, दबाइन्छ ।

समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ”यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता”… अर्थात्, ”जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्” ।  तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ… सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखाैं सामाजिक संकिर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।विश्व परिपेक्ष्यको कुरा गर्दा आमा दिवस् या भ्यालेन्टाईन दिवसजस्ता विशेष दिवसहरुमा मानिसहरुले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह ब्यक्त गर्ने गर्दछन्, तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरुको समायोजन हो, आउनुहोस एकफेर संकल्प अनि संझना गरौ ति नारी पात्रहरुलाई जस्ले हाम्रो जिवनमा स्नेह अनि ममताको बर्षा गरेका छन्, ति सबैप्रति एकफेर कृतज्ञ बनौ अनि सदा सर्वदा उनिहरुलाई सम्मान गर्ने प्रतिवद्धता जाहेर गरौ। संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् । 

यस पटकको नारी दिवस विभिन्न नारी केन्द्रित संघ-संस्थाहरु, सामाजिक अभियन्ताहरूले, “परिवर्तनकालागि खरो भएर उत्रिऔ अनि अझ समावेशी अनि लैङ्गीक समानता सहितको कार्य वातावरणकालागि” भनेर पैरवी गरेका छन् । एकफेर सोचौं, हामीले हाम्रा दिदी-बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ?…., चाहे हामी महिला हौं या पुरुष, नारी समानताकालागि हाम्रो भुमिका उत्तिकै महत्वपूर्ण छ ।शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानतामा ठूलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौं, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दैआएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिनरहोस् ।हामी प्यारा आमाका छोरी हौं,हामी मिठो दिदीबहिनी हौं,हामी मायालु प्रेमी हौं!हामी प्रिय पत्नीहरू,हामी मनमोहक आमाहरू हौं,हामी शक्तिको स्रोत हो,हामी महिला हौं!हामी नारी हौं!
नारी एक आमा हुन् – पूजा गर !
नारी एक दिदी हुन् – सम्मान देऊ !
नारी एक बहिनी हुन् – स्नेह देऊ !
नारी एक भाउजू हुन् – आदर गर !
नारी एक पत्नी हुन् – प्रेम गर !
नारी एक छोरी हुन् – माया गर !
नारी एक सृष्टि हुन् – ईज्जत देऊ !

नारीहरु आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुबैको समानान्तर लहरहरु बढ्दै जाउन,११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा तमाम आमा, हजूरअामा, दिदि बहिनी समग्रमा नारीस्वरूपलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना।।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar