मेलम्ची खानेपानीको सफल परिक्षणपछी खानेपानी मन्त्री मगर उत्साहित

काठमाडौं : तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ मा सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याएर काठमाडौंका पाटीपौवा पखाल्ने उद्घोष गरेदेखि काठमाडौं उपत्यका मेलम्चीको पर्खाइमा छ ।

उनले भनेझैँ दुई दशक अघि मेलम्ची खानेपानी पनि अगाडि बढ्यो । दुई दशक नै भयो मेलम्चीबारे अन्योलता छाएको तर मेलम्चीको पानी काठमाडौं पठाउन गरिएको परीक्षण सफल भएसँगै मेलम्चीको प्रतिक्षामा केही रहात पुगेको छ ।सोमबार मेलम्चीको मुहान सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट एक किलोमिटर टनेलमा पानी पठाएर सफल परीक्षण गरिएको छ ।

मुहानबाट सुरुङमार्फत अम्वाथानसम्म पानी पठाउँदा सफल भएको खानेपानी मन्त्री बिना मगरले जानकारी गराएकी हुन्।काठमाडौं बासीले मेलम्चीको पानी पिउने दिन टाढा नभएको मन्त्री मगरको भनाई छ । सफल परीक्षण भएकोमा आफू उत्साहित रहेको भन्दै बाँकी आयोजनाको काम तीव्र गतिमा भइरहेको उनले बताइन् ।मेलम्चीबाट २६ किलोमिटर सुरुङमार्गमार्फत उक्त पानी काठमाडौं ल्याइनेछ । हाल मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्रको मुख्य (हेडवर्क)को काम भइरहको छ ।

यसअघि सरकारले मेलम्ची आयोजनाको काम गर्दै आएको इटालियन ठेकेदार कम्पनीसँगको सम्झौता २०७५ माग २५ गते ठेक्का तोडेको थियो । त्यसपछि गत असोजमा चनियाँ कम्पनी सिनो हाइड्रोसँग मेलम्चीको ठेक्का सम्झौता भएको थियो । सिएमसीले अलपत्र पारेको बाँकी कामको जिम्मेवारी १२ महीनामा पूरा गर्ने गरी कूल रु ८५ करोड एक लाख ९४ हजार ४५८ मा चिनियाँ कम्पनी सिनो हाइड्रो जिम्मा लिएको हो

मन्त्री मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी थिइन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar