सामाजिक अभियन्ता रेखा तमाङ्ग (लोप्चन)को व्यक्तिगत चरित्र हत्या गर्ने तुलसिङ तमाङ्गलाइ साइवर क्राइम मुद्धा

काठमाण्डौ। बल बहादुर तमाङ्गको छोरा तुलसिंङ तमाङ्ग नाम गरेको व्यक्तीले सामाजिक अभियन्ता रेखा तमाङ्ग (लोप्चन)को व्यक्तिगत चरित्र हत्या एवम् सामाजिक रूपमा व्यक्तिको मानमर्दन गर्ने, कार्य गरेको हुदा साइवर क्राइमको मुद्धा विद्यतिय कारोवारी ऐन २०६३ को दफा ४७को कसुरी अनुसार मुद्धा जाहेरि गरेकी हुन।
व्यक्तिगत चरित्र हत्या एवम् सामाजिक रूपमा व्यक्तिको मानमर्दन गर्ने तुलसिङ्ग तमाङ स्थाइ ठेगाना खुर्सानी काउले वार्ड न. ३ किसपाङ गाउपालिका नुवाकोटको हाल अबुधाबि मुसाफा एरिया बस्ने क्लिकनमा काम गर्ने बुझिआएको छ । नम्बर हाल 0555921237 समेत बन्द गरिएको छ । साथै सामाजिक अभियन्ता रेखा तमाङ्ग (लोप्चन)ले सबैलाइ सहयोग अपिल गर्नुभएको छ।
के गरे हुन्छ साइबर क्राइम?
सामाजिक सञ्चालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ ।नेपालमा दुई वटा सामाजिक सञ्जाल चल्तीमा छन्, फेसबुक र ट्वीटर । यिनकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई नधकाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन्। सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन् ।

सरकारी कार्यालयले पनि आफ्नो आधिकारिक फेसबुक र ट्वीटरका साइटहरू सञ्चालनमा ल्याएका छन् । कार्यालयको आधिकारिक साइटमा आवश्यक जानकारीहरू राख्न त्यसबाट सहज सूचना प्राप्त गर्न सजिलो भएको छ । कार्यालयसँग सम्बन्धित कतिपय गुनासाहरू पनि समाधान भएको पाइन्छ । जसले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराएको छ भने सूचनाको भरपर्दो माध्यम पनि बनेको छ । यस्ता सामाजिक सञ्जाल सूचनामूलक सन्देश प्रवाह गर्ने भरपर्दो माध्यम बनेका छन् । खासगरी यसले युवा पुस्तालाई नराम्रोसँग झुक्याएको छ । फेसबुक र ट्वीटरबिना उनीहरू पानीबिनाको माछाजस्तै छट्पटिने अवस्था छ । सामाजिक सञ्जालमा पोस्ट हुने सकारात्मक, नकारात्मक सन्देश हेर्ने, आफ्नो धारणा अभिव्यक्त गर्ने उनीहरूको दिनचर्या नै बनिसकेको छ । यसबाट अलग्गिएर बस्नु कतिपयको हकमा कल्पनाभन्दा बाहिरको विषय बनिसकेको छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सन्देशमूलक बनाउनेभन्दा पनि त्यसलाई मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम बनाउँदा कतिपय सन्दर्भमा व्यक्ति र समाजको प्रतिष्ठा र त्यससँग जोडिएका सबै अवयवहरूलाई असर गरेको छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघ संस्थाको छविमा आँच पु¥याउने काम पनि गरिरहेको हुन्छ ।

यसैगरी राजनीतिक दल वा सामाजिक अभियानकर्ताहरू यस्ता सञ्जालको चर्को सिकार भएका छन् । यस्ता सञ्जालबाटै उनीहरूको पनि अनावश्यक र अस्वाभाविक आलोचना भइरहेको देखिन्छ । यसबाट अत्यन्त गलत संस्कारको विकास भइरहेको देखिन्छ । सूचना र प्रविधिको विकाससँगै त्यसको भरपुर उपयोग गर्ने सन्दर्भमा विकृतिका पोकाहरू छरपस्ट हुन थालेको बुझ्न सकिन्छ । व्यक्तिगत चरित्र हत्या गर्ने, अश्लिल भिडियो पोस्ट गर्ने, सामाजिक रूपमा व्यक्तिको मानमर्दन गर्ने, व्यक्तिगत बदलाको भावना प्रेरित भएर आवेशपूर्ण भावाभिव्यक्ति पोस्ट गर्ने प्रवृत्ति दिनदिनै बढ्दै गएको छ । जसका कारण प्रहरीले अन्य अपराधमा जस्तै यसलाई एक जटिल अपराधका रूपमा अनुसन्धान गर्न थालेको छ ।

साइबर क्राइम अपराध के हो ?

विकीपिडियामा उल्लेख गरेअनुसार खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।

नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कार्बाही हुने गरेको छ । सो ऐनको दफा ४७ नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादित दफा हो । यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । दफा ४७ विवादित भएपछि साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग बढिरहेको छ । पछिल्लो समयमा खासगरी फेसबुक प्रयोगले साइबर अपराध बढाएको स्पष्ट देख्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक माध्यम फेसबुक हो । जसको एन्ड्रोइड मोबाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ । पछिल्लो एक सर्वेक्षणअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता ५० लाखभन्दा बढी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अध्ययनअनुसार ३८ प्रतिशत नेपालीसँग इन्टरनेट पहुँच पुगेको छ । त्यसमध्ये पनि मोबाइलबाट इन्टरनेट चलाउनेहरू बढी छन् । सो प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता १ करोड २ लाख ७६ हजार ७ सय ४८ पुगेको देखाएको छ । अब स्थानीय तहमा इन्टरनेट केबुल जाने भएपछि यो संख्या बढ्नेछ । सो तथ्यांकलाई आधार मान्ने हो भने ८९ प्रतिशत मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् ।

सामाजिक अभियन्ता रेखा तमाङ्ग (लोप्चन)को व्यक्तिगत चरित्र हत्या एवम् सामाजिक रूपमा व्यक्तिको मानमर्दन गर्ने, कार्य गरेको हुदा साइवर क्राइमको मुद्धा विद्यतिय कारोवारी ऐन २०६३ को दफा ४७को कसुरी अनुसार गरिएको मुद्धा तुलसिङ्ग तमाङ्गलाइ यसरी गरिएको छ।

नेपाल आदिवासी जनजाति खेलकुद महासंघ केन्द्रिय समिति प्रेस विज्ञप्ति जारी गरि कार्वाहीको माग गरेको छ।
यस्तो छ प्रेस विज्ञप्ति
नेपाल आदिवासी जनजाति खेलकुद महासंघ केन्द्रिय समितिका सदस्य एवं सामाजिक अभियन्ता रेखा तामाङ लोप्चानलाई खुर्सानी काउले वडा नं ३ किसपाङ गाउँपालिका नुवाकोट घर भई हाल अवुधाबी मुसाफा एरियामा कार्यरत तुलसिङ तामाङ नाम गरेको व्यक्तिले सामाजिक सञ्जालको माध्यमद्धारा चरित्र हत्या हुने कार्य गरेकोमा यो अमानवीय निन्दनिय छ । एउटा महिलाको अस्तित्वमा आँच आउने किसिमका यस्ता निराधार, कपोलकल्पित र गम्भीर आरोपप्रति हाम्रो कडा आपत्ति छ । यसरी सामाजिक सञ्जालमा विना प्रमाण एउटा नारीको चरित्र हत्या हुने गरी संवेदनशील विषयमा जथाभावी अपशब्द बोल्ने व्यक्तिलाई साइवर क्राइमको मुद्धा विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ को कसुरी अनुसार हदै सम्मको कारबाही होस् भन्ने हाम्रो संगठन नेपाल आदिवासी जनजाति खेलकुद महासंघ जोडदार माग गर्दछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar