लक डाउन पछी प्रधानमन्त्री कार्यलयमा कोरोना उच्चस्तरिय समितीको बैठक बस्दै

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ। बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ ।

बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका नीति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिए । बैठकमा गृहमन्त्री, उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री, पर्यटनमन्त्री लगायत सुरक्षा प्रमुखहरु समेत सहभागी रहेका छन् । 
कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान ८ बजेको तथ्यांक हेर्दा १ लाख ९ सय ८५ मानिस उपचार पछि निको भएका हुन्।कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्।

इटलीमा ७ हजार ४ सय ३२ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार १ सय ६६ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्।कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ७८ हजार ६ सय ७९ पुगेको छ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar