कोरोना चिकित्सकले लगाउने पीपीई बनाउन अघी सारे वैज्ञानिक महाविर पुन मगर

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् । तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा आएका छन् ।

खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ । यसका लागि नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै यसको उत्पादन गर्न अन्वेषक महावीर पुन अघि सरेका छन् । उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका हुन्।

पुनका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौं र वीपी अस्प्ताल धरानबाट त्यस्तो ड्रेस बनाउनका लागि आविष्कार केन्द्रमा अनुरोध आएको थियो । त्यस बमोजिम आविष्कार केन्द्रले ड्रेसको डिजाइन तयार गरिरहेको छ । साथै, ४०० वटा जति ड्रेस बनाउन चाहिने सामग्री पनि उपलब्ध भएको पुनले जानकारी गराएका छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै महाविर पुन मगरले यी ड्रेसहरु सिलाउनका लागि टेलर आवश्यक परेको बताएका छन् ।

यदि तपाईंहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नुभएको छ र यो काममा सहयोग गर्न चाहनुहुन्छ भने तुरुन्त मर्लाइ सम्पर्क गर्नुहोस । सो ड्रेसको डिजाइन र ड्रेस बनाउने सामान उपलब्ध गराइने छ अनि टेलरको ज्याला पनि उपलब्ध हुने छ,’ महाविर पुन मगरले भनेका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar