को हुन (कानराहा)कौराहा किङ्ग वलबिक्रम थापा मगर ?

चितवन: तनहुँ ब्यास १४ नयाँगाउँमा जन्मनु भएका बल बिक्रम थापा मगर बिगत १६ बर्षबाट चितवनमा बसोबास गर्दै आउनु भएको छ। विशेष कौरा गायक भनेर चिनिने लोक दोहोरी गायक थापा मगरले आफ्नो जन्म भुमिलाई सम्झेर नयागाउंले म त नामाकको सालेजो गीत झोर्ले है सबैलाई लगायतका धेरै गीत बजारमा ल्याउनु भएको छ।
नेपाल मगर साँस्कृतिक संघ चितवनको अध्यक्ष हुँदै हाल नेपाल मगर साँस्कृतिक संघ नेवा:ताम्सालिङ्ग मगरात (वाग्मती)३ नम्बर प्रदेशको अध्यक्ष समेत रहनु भएको छ।
देश विदेश भ्रमन: कतार,दुबई,बरायन,साउदी अराम,हङ्कङ ,नेपालको विभिन्न ठाउँहरुमा बिशेष कानराहा (कौराहा) सालैजो गीत लगायतका अहिलेको पिडिलाई समेत मन पर्ने गीत बिच बिचमा र्‍याप गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिदै आउनु भएको छ। दोहोरी गीत गाउनमा पनि माहिर हुनुहुन्छ।अहिले आउदै गरेको ठत्याउली पाराको गीत -जंगलैमा बाँस बस्ने केटा, बन तरुल खाने भा आउ एता, भन्ने गीत आउने तयारीमा रहेको जानकारी मगरात नेपाल डटकमलाई गर्नु भयो।
बल बिक्रम थापा मगर ज्यु नेपाल मगर साँस्कृतिक संघका प्रथम दुत (magar culture ambassador ) समेत रहनु भएको छ ।उहाँले देश बिदेश जहाँ गए पनि मौलिक कानराहा (कौराहा) गीत गाउदै आउनु भएको विभिन्न मिडिया पत्र पत्रीका youtube मार्फत पनि हेर्न सकिने कुरा मगरात नेपाल डटकमलाई बताउनु भएको छ ।
उहाँले गाउने मात्र नभई शब्द रचना कम्पोज केही म्युजिक भिडियो हरुमा डारेक्सनको भुमिका समेत निभाउनु भएको भिडियो हेर्न सकिन्छ।
कानराहा (कौराहा) गित गाउन कहिले नथाक्ने कौराहा किङ्ग वल बिक्रम थापा मगर हुन सबैले उहाको गित सङ्गित धेरै दर्शकहरुले मन पराएका छन्।नयाँ पिडीहरुलाइ कानराहा (कौराहा) गित दिनानुदिन सिकाउदै आइरख्नुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar