प्रहरी जनताको साथी हो कि होइन ? जुजारु युवानेता : नविन रोका मगर ‘रायबीन’

काठमाण्डौ:कोभिड-१९ (कोरोना भाइरस) को कारण देश लकडाउनमा भएको अबस्थामा नेपाल प्रहरीले सर्बसाधारणलाई हातपात नगरी आवश्यक परेमा कानुनी दायरामा लिन सचेत गराउन नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता नविन रोका मगर’रायबीन’ ज्युले अपिल गर्नुभएको छ।उहाँले प्रश्न गर्दै भन्नुभयो, प्रहरी जनताको साथी हो कि होइन ? यदि प्रहरी जनताको साथी हो भने उद्धार गर्नुपरियो, अलपत्र परेको जनतालाइ सम्वन्धित ठाउमा पुर्‍याउन परियो, जनता कुट‌ने काम प्रहरीको होइन जनता सुरक्षादिने हो उहाँले भन्नुभएको छ।
अन्यथा जनता पिटने प्रहरीलाई पनि कानुनी कार्बाही गर्ने चेतावनी समेत दिनुभएको छ।नेपाल प्रहरीले सर्बसाधारणलाई हातपात गर्ने होइन सिमानामा अलपत्र परेका नेपाली जनतालाई सरकार र संवन्धित निकायले व्यवस्थापन गर्नु पर्ने र राजनैतिक दल सामाजिक संगठन पत्रकार लगायत सबैलाई यो संगीन घडीमा विपत्तिमा परेकालाई सहयोग गर्न अपिल गर्नुभएको छ।
कोभिड-१९ (कोरोना भाइरस) गर्दा देश लकडाउन मय नै भएको छ।संकटको यो घडीमा गरिब र असहायहरु अलपत्र परेका नेपाली जनतालाई सरकार र संवन्धित निकायले व्यवस्थापन गर्नु पर्ने र राजनैतिक दल सामाजिक संगठन पत्रकार, सहयोगमा मुठि फुकाउन पनि निजि क्षेत्रका व्यवसायी लगायत सबैलाई यो संगीन घडीमा विपत्तिमा परेकालाई सहयोग गर्न जोडदार अपिल गर्नुभएको छ।

सथै कोरोना भाइरस (COVID19) को संक्रमणबाट आफु पनी वचौ,अरुलाइ पनी बचाउ, कोरोना भाइरस (COVID19) को संक्रमणबाट निम्न सामान्य सावधानी अपनाऔं। जनचेतनाको लागि शेयर गरौं।

१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।
२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा Hand Sanitizer को प्रयोग गरौ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ।
६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।
१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔ ।
१२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौ र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar