कोरोना भाइरस(कोभिड-१९) सङक्रमन फैलिएकोमा सरकारको लापरबाही र गैर जिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्सना :नेकपा(क्रान्तीकारी माओवादी) महासचिव: मोहन वैद्य ‘किरण’

काठमाडौं । कोरोना भाइरस(कोभिड-१९) सङक्रमन फैलिएकोमा सरकारको लापरबाही र गैर जिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्सना गर्दै भनेकाछन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएको छ ।

सरकारले पर्याप्त ध्यान नदिँदा नेपालमा कोरोना दोस्रो चरणमा पुगेको नेकपा (क्रान्तिकारी माओवादी)ले आरोप लगाएको छ। विदेशबाट नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्ने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सुझाव दिँदा पनि सरकारले त्यसको पूरै बेवास्ता गरेका कारण अहिलेको स्थिति देखापरेको क्रान्तिकारीले बताएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीलाई निजी सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था मिलाई परिचालन गर्नुपर्नेमा सरकार स्वास्थ्य सामग्रीबाट कमिसन प्रकरणमा लागिपरेको आरोप लगाएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘हाम्रो पार्टी नेपाल सरकारको यस्तो लापरबाही र गैरजिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्सना गर्दछ’ उल्लेख छ ।
नेकपा (क्रान्तिकारी माओवादी)विज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar