बेनी। जलजला गाउपालिकाका उपाध्यक्ष एबम् नेपाल मगर सघको केन्द्रिय सदस्य सिमा गर्बुजा पुन मगरले आइतबार ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिक र विपन्न समुदायलाइ तरकारि वितरण गर्नुभएको छ ।
जलजला गाउपालिकाको वडा न. २ मा पर्ने गैराटोल, पाखाथर र रातोढुङ्गाका २३८ घरधुरीलाई चार क्विन्टल बन्दा वितरण गर्नुभएको हो । शालीजाबाट आफै संकलन गरेर गाउपालिकाको गाडीमा ढुवानी गरेर टोल टोलमा बन्दा वितरण गर्नुभएको वडा अध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो ।
उपाध्यक्ष पुन, वडा अध्यक्ष खत्रीले स्थानीय अगुवाहरुको रोहबरमा बन्दा वितरण गर्नुभएको थियो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नलाई तरकारीका लागि बन्दा उपलब्ध गराएको उपाध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय सदस्य सिमा गर्बुजा पुन मगरले बताउनुभयो ।
ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिक र विपन्न समुदाय लकडाउनका कारण प्रभावित भएका छन् । उनिहरुका लागि गाउपालिकाले पनि खाद्यान्न वितरण गर्न लगत संकलन गरेको छ । १११ परिवार वडाका स्थाई र ४६ परिवार बाहिरबाट आएर बसेकाहरुको लगत संकलन गरेको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।