कोरोना भाइरस (कोभिड–१९)ले क्वारेन्टमा रहेका ९६ मध्ये ८३ जनालाइ घर पठाइयो

भक्तपुर। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको कोरोना भाइरस (कोभिड–१९) क्वारेन्टाइनमा रहेका ९६ जनामध्ये ७३ जनालाई आज घर पठाइएको छ ।

विभिन्न मुलुकबाट १७ दिन अघि नेपाल फर्किएका उनीहरुको स्वाब परीक्षणमा कोरोना भाइरसको रिपोट नेगेटिभ आएपछि आज घर पठाइएको हो । उनीहरु चैत ८ र ९ गते थाई एयरवेज, एयर इण्डिया, सिल्क एयर लगायतका विमानहरुबाट ७३ जना तथा चैत १२ गते भारतको स्थल मार्गबाट आएका २३ जना गरी जम्मा ९६ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो ।

गत शुक्रबार ९६ जनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो भने ९४ जनाको रिपोर्ट आइतबार आएको थियो । बाँकी दुई जनाको स्वाब पुनः परीक्षणका लागि प्रयोगशालले आज लिन आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो ।
घर जान बाँकी २३ जनालाई भने दुई जनाको रिपोर्ट आएपछि मात्र पठाइने बीरदल गणका कर्णेल शिव पौडेलले जानकारी दिनु भयो । क्वारेन्टाइन भित्रको सम्पूर्ण ब्यवस्थापन बिरदल गण सूर्यविनायक भक्तपुरले हेर्ने गरेको गणका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । आज पठाइएकाहरु मध्ये उपत्यकाबाहेक अन्य ठाउँका लागि बसको भाडा स्वयम् आफैले तिर्ने गरि चार वटा रुट बनाएर घरसम्म पु¥याउन बसको व्यवस्थापन गरेको छ ।
उपत्यकाबाहिरका लागि काठमाडौं–झापा, काठमाडौं–पोखरा र काठमाडौं–नेपालगञ्जका लागि बसको व्यवस्था गरेको हो भने भक्तपुर देखि बनेपा–पाँचखालसम्मका लागि ट्याक्सीको व्यवस्था मिलाई दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जनाएको छ ।
उपत्यका भित्रका लागि नेपाली सेनाको बस तथा उपत्यका बाहिर जानेहरुका लागि नेपाली सेनाले खाजाको समेत व्यवस्था गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुको खाना खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar