‘के गर्ने, केहि सीप नलागेर पिपिई बनाउन सात लाख सापट माग्नु नै पर्ने भयो । राष्ट्रिय आविष्कार केन्द्र अध्यक्ष : महाविर पुन मगर

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुन मगरले पिपिई निर्माणका लागि सात लाख रुपैयाँ सापटी मागेको छन् ।

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरस शंकास्पद बिरामीको परीक्षण र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पिपिई निर्माण गरिरहेका आविस्कार केन्द्रमा रकम अभाव भएकाले सापट मागेको अध्यक्ष पुनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सापटीका लागि अनुरोध गरेका छन् ।

‘के गर्ने, केहि सीप नलागेर सापट माग्नु नै पर्ने भयो । लौ त राष्ट्रिय आविष्कार केन्द्रलाई लकडाउन अवधिसम्मको लागि मात्र भनेर कोरोनाका लागि चाहिने पिपिईसहित अन्य सामानहरु बनाउनका लागि अहिलेलाई नगद रु. ७ लाख जति सापट नभै भएन,’ उनले लेखेका छन्, ‘ईच्छा हुनेले र खोजखाज गर्न सक्नेले सके जति नगद नै सापट दिन सक्नु हुन्छ भने मलाई ९८४१५९२३६१ मा फोन गर्नु होला । यो पैसा चन्दा मागेको पटक्कै होइन र मैले कहिले पनि चन्दा माग्दै माग्दैन । कोरोनाको रोकथामको काममा चाहिने सापटी नमागी नहुने कारण निम्न अनुसार छ ।’

केन्द्रले पिपिई लगायतका अत्यावश्यक वस्तुको उत्पादन लकडाउन लगत्तै सुरु गरेको जनाउँदै अध्यक्ष पुनले राष्ट्रिय आविष्कार केन्द्रको चेकमा हस्ताक्षर गर्ने एकजना सदस्य काठमाडौंमा नभएकाले रकम अभाव भएको प्रष्टीकरण दिएका छन् । काट्न सकिएन र पैसा निकाल्न सकिएन। हामीले एएभ् र अन्य आविस्कार कन्द्रले उत्पादन गरेका पिपिईलगायतका वस्तुहरु विभिन्न अस्पतालहरुलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । उक्त वस्तुहरु निर्माणका लागि दाताहरुले ६ लाख ६६ हजार नगद र बैंकको खातामा ८ लाख ३८ हजार गरी १५ लाख ४ हजार रुपैयाँ दान गरेको पुनले जानकारी दिएका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar