काठमाडौं । गृहमन्त्री राम बहादुर थापा मगर ‘वादल’ले मुलुक अहिले कोरोनाको कारण संकटमा भएकाले जिम्मेवारी पूर्ण ढंगले काम गर्न प्रहरीहरुलाइ निर्देशन दिएका थिए।’ यो हाम्रो परीक्षाको घडी हो। लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनु होला भन्नुभएको थियो।कालो बजारी सामान महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न अपिल गर्नुभएको थियो।
प्रहरीले ग्राहक भेषमा जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका संचालक तथा नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत (अनररी कन्सुलर) सुलभ अग्रवाललाई थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा रंगेहात कसरि पक्राउ परे
प्रहरीले ग्राहक भेषमा जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका संचालक तथा नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत (अनररी कन्सुलर) सुलभ अग्रवाललाई थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । उनले प्रयाेग गरेकाे कुटनीति नम्बर प्लेट भएकाे २०९– एचसीसी –१ नम्बर गाडीमा बेच्न ल्याएकाे ६७ गाेटा कन्टेक कम्पनीका इन्फ्रारेड थर्माेमिटर बरामद गरेकाे छ ।
नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो । प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो ।
जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालसहित चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए । यद्यपि, अधिकांश सामग्री शंकर ग्रुपकै थियो ।ती सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए। जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए ।
यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर ‘थर्मल गन’ खरिदका लागि प्रस्ताव गर्यो ।अग्रवालले ‘ग्रीन सिग्नल’ दिएपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार ग¥यो। जसले हाइ–प्रोफाइल व्यवसायीको कालोबजारी धन्दाको पटाक्षेप गरेको छ ।
टोलीकै कोभर्ट अपरेशन (छद्म भेषमा गरिने प्रहरी कारबाही) पछि अग्रवाल अहिले हिरासतमा पुगेका छन् । उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मोमिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा बताउँछन् ।
अग्रवालको घर र कार्यालयमा पनि छापा हानिए पनि केही नभेटिएन थापाले मगरात नेपाल डटकमलाइ जानकरि दिनुभयो।
नक्कली परिचय पत्रको भर पर्दा
सामान बिक्री गर्ने संकेत पाएर व्यापारीको भेषमा डिल गर्न थालेका प्रहरीसँग प्रारम्भमा अग्रवालले शंका गरेका थिए । छद्म भेषधारी प्रहरीले विभिन्न गाउँपालिका र नगरपालिकाका लागि स्वास्थ्य सामग्री चाहिएको भनेका थिए । तर, अग्रवाल सजिलै आश्वस्त भएनन् । उनले स्वास्थ्य सामग्री विक्रेता भएको आधार मागे ।अनुसन्धान अधिकृतले पनि केहीवेरमै कम्प्युटरबाट ‘मेडिकल किट सप्लायर्स’ लेखिएको परिचय पत्र डिजाइन गरे । ह्वाट्स एपमा परिचय पत्र पठाएपछि अग्रवालसँग खरिदकर्ताको भेषमा प्रहरीले थप बार्गेनिङ थालेका थिए ।उनले फोनमै १६ हजारको दरले थर्मल गन दिने बताएका थिए । तर, भुक्तानी नगदमै हुनुपर्ने अग्रवालको भनाइ थियो ।
‘हामीले महँगो भयो भनेपछि एक हजार रुपैयाँसम्म घटाउन सक्ने भनेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृतलेमगरात नेपाल डटकम सँग भने, ‘त्यसपछि सामानको कम्पनी, प्रकृति र स्याम्पल फोटो पनि मागेका थियौँ ।’ उनका अनुसार प्रारम्भमा चेकमार्फत रकम दिने भनिएको थियो । तर, अग्रवालले मानेनन् ।त्यसैले, सोमबार हुने भनिएको खरिद प्रहरीले मंगलबारलाई सारेको स्रोत बताउँछ । एक सय वटा थर्मल गन मागे पनि पर्याप्त नगद देखाउन नसकेकाले प्रहरीको अपरेसन रोकिएको थियो।ती सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए । जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए ।यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर ‘थर्मल गन’ खरिदका लागि प्रस्ताव गर्यो ।अग्रवालले ‘ग्रीन सिग्नल’ दिएपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार ग¥यो। जसले हाइ–प्रोफाइल व्यवसायीको कालोबजारी धन्दाको पटाक्षेप गरेको छ ।
टोलीकै कोभर्ट अपरेशन (छद्म भेषमा गरिने प्रहरी कारबाही) पछि अग्रवाल अहिले हिरासतमा पुगेका छन् । उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मोमिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा बताउँछन् ।अग्रवालको घर र कार्यालयमा पनि छापा हानिए पनि केही नभेटिएन थापाले मगरात नेपाल डटकमलाई बताए ।“हामीले कुनै ब्यापारी हाेलान भन्ने अनुमान गरेका थियाैं,” अपरेशनमा संलग्न एक प्रहरी अधिकारीले भने “निलाे प्लेटकाे गाडीमै सामान लिएर आए, केही समय अवराेध गर्नु भयाे।”“समाजका अग्रणी उद्योगी र कुटनीतिज्ञ नै यस्तो अवस्थामा कालोबजारी गर्ने ब्यक्ति रहेछन,” महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने “हामी उनका साथमा कालोबजारीका लागि राखेका अन्य स्वास्थ्य सामाग्री होलान् खोज्दैछौं।”
महाशाखाले अग्रवाललाई पक्राउ गरेर टेकुस्थित कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ।