भाेली र पर्सि काठमाडौंबाट सर्वसाधारणलाई बाहिर जान दिने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएकाे छैन। गृहमन्त्रालय

काठमाडौँ — भाेली र पर्सि काठमाडौंबाट सर्वसाधारणलाई बाहिर जान दिने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएकाे छैन गृहमन्त्रलयले जानकारि दिनुभएको छ । गृहमन्त्रलयलको स्रोतले भन्नुभयो निर्णय भएमा जानकारी गराईनेछ भन्नुभयो ।

गृहमन्त्रालयको प्रेस विज्ञप्ती यस्तो छ


त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको मगरात नेपाल डटकमलाइ प्राप्त भयो।

कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।मन्त्री नेम्‍वाङले मगरात नेपाल डटकमलाइ भन्नुभयो, ‘हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन।’ यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।
काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar