समाजसेवी,गोरखा ग्रुप एवम् रिडी ग्रुपका अध्यक्ष क्याप्टेन मानबहादुर बुढा मगरको लकडाउन अनुभव: भौतिक सुविधाका लागि दौडधुप गरेयौं त्यसैको सजाय भोग्दैछौं


काठमाण्डौँ। झण्डै २३ बर्ष ब्रिटिश गोर्खा सैनिक जीवन विताएर सेवा निवृत्त भए क्याप्टेन मानबहादुर बुढा  मगर । ‘लाहुरे ‘जीवनबाट नेपाल फर्केपछि समाजिक सेवा तथा सेवा मूलक व्यवसायिक क्षेत्रमा  सकृय रहेका बुढा  हाल प्रतिष्ठित गोरखा ग्रुपका अध्यक्ष मात्र नभएर रिडी ग्रुपको अध्यक्ष एवम् समाजसेवी हुन्। । उनी अध्यक्ष रहेको गोरखा ग्रुप मातहत शैक्षिक तथा सेवा मूलक गरेर देशभर ६ वटा कम्पनी सञ्चालनमा छन् । धेरै समय व्यस्त रहने  रोल्पा घरभएका  अध्यक्ष बुढाको दैनिकी अरुको झै लकडाउनले पुरै फेरिएको छ। विहान उज्यालो नहुँदै घर छोड्न् अनि बेलुकी रातपरेपछि मात्रै घर फर्कनेअध्यक्ष क्याप्टेन बुढा मगरले आफ्नो दैनिकी र महामारीबारे  विश्लेषण मगरात नेपाल डटकमलाई जानकरि प्राप्त गराएका छन् :

घरमै दैनिक शारिरीक अभ्यास र छलफल

चैत ११ गतेदेखि लकडाउन सुरुभयो । लकडाउन भएपछि बाहिर निस्कन पटक्कै भएन । म निस्केको छैन । अहिले मेरो घरमा ११ जना छौं । परिवार लगायत अरु रोल्पाकै भाइ-बहिनी हुनुहुन्छ । हामी अहिले दैनिकी कस्तो गरेका छौं भने विहान ७ बजेदेखि ८ बजे सबै जम्मा हुन्छौं, परिवार अनिवार्य । मैले तीन चार जना भाइबहिनीहरुलाई आ-आफ्नो विषगत रुपमा जिम्मा दिएको छुँ ।

त्यसमा एउटा जिम्मेवारी भनेको महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को त्यस दिनसम्मको अपडेट, राम्रा नराम्रा असर हेर्ने हो । यसमा एकजनालाई जिम्मा दिएको छुँ । उनले १५ मिनेटजति त्यो बारेमा बोलेर हामीलाई ज्ञान दिन्छन् ।

दोस्रो चरणमा प्रेसर नाप्ने, ज्वरो नाप्ने लगायतका काम हुन्छ । यस विषयमा पनि हाम्रो भान्जी क्वालिफाइड छिन । उनले सबैको प्रत्येक विहान ब्लड प्रेसर, ज्वरो नाप्ने लगायतको काम गर्छिन् । र तेस्रो चरणमा महत्वपूर्ण कुरा चाही हामीले शारिरीक अभ्यास हो ।

सबैंले झण्डै पौने घण्टाजति चाही शारिरिक अभ्यासमा विताउँछौ, जसमा योगालगायत अन्य अभ्यास गरेर बिहान ७ बजेदेखि ८ बजेको समय बिताउँछौ । त्यसपछि बेलुकी के गर्ने भनेर जिम्मेवारी दिईएको हुन्छ ।

सरसफाई खानपिन लगायतको काम र आम गर्छौ । बेलुकी ७ बजे कोठाभित्रै फेरी जम्मा हुन्छौं सबै । जम्मा भएर दिन कसरी बित्यो ? हाम्रो नेपालको अवस्था के रहयो ? परिवारको अवस्था के रहयो ? अनि संसारमा के भइरहेको छ भनेर छलफल गर्छौ । एक जना मान्छेले कुनै विषयमा १०/१५ मिनेट चाहीँ उनीहरुले आफूलाई लागेको कुराहरु भन्छन् । त्यो यो महामारी सम्बन्धि पनि हुन्छ र अन्य विषयमा पनि हुन्छ । ८ पछिपछि खानपिन गरेर आरा मगर्न जान्छौं । यसरी नै दैनिक चलिरा‘छ ।

कार्यालयहरु ठप्प, आवश्यक पर्दा घरबाटै काम

कार्यालयहरु ठप्पै छन् । म मातहत रहेका ६ वटा कम्पनीहरुलाई अध्यक्षको नाताले एउटा नोटिस जारी गर्दै यो अवधिमा बन्द गरिएको छ । घरमा पनि लकडाउन, अपिसमा पनि लकडाउन हो । यस्तो अवस्थामा आवश्यकता परेको अवस्थामा घरबाटै चलाउने । सम्भव भएसम्म हामीले घरबाटै गरेका छौँ । अफिस चाहीं पुरै बन्द गरेका छौं । अहिलेसम्म त्यसरी नै चलाईंरहेका छौं । अन्य चाहीं इन्टरनेटबाटै रिपोर्टहरु आदानप्रदान गर्ने काम गरिरहेका छौं।

भौतिक सुविधाका लागि दौडधुप गरेयौं त्यसैको सजाय भोग्दैछौं

हामी मानवजाति भौतिक सुविधा, भौतिक संरचना र भौतिक शक्तिका लागि दौडधुप गरिरहेका बेला हामी आध्यात्मिक रुपबाट, नैतिकताबाट, अनुशासनबाट पतन भएको अवस्था हो । यो महामारी त्यसको दण्ड सजाय हो भन्ने मलाई लाग्छ । किने भने हामीले बाहिर ठूला-ठूला कुरा गर्ने, ठूला-ठूला लडाईंका कुरा गर्ने,व्यापारका कुरा गर्नेतिर लाग्यौं ।

यि सबै गरिरहँदा आफैं नै अव्यवस्थित भएको जस्तो, आफ्नो सुरक्षापनि नभएको अवस्था, आफूभित्र के रोक लागेको भन्ने कुरा ख्यालै नगरेर भौतिक चिजको लागि दौडधुप  गरेयौं । यस्तो गरिरहेका बेला यो एउटा दैवी सजाय हो भन्ने लाग्छ । किन भने आज शक्तिको रुपमा हो भने अमेरिका त्यति शक्तिशाली देश छ । विहानको अपडेटमा सबैभन्दा धेरै संख्यामा संक्रमित पनि अमेरिकामै रहयो । मर्नेपनि त्यस्तै छ । यसलाई हेर्दा के देखियो भने भौतिक शक्तिमात्रै त केही रहेनछ ।

त्यसकारण यहाँ आध्यात्मिक कुरा,अनुशासनको कुरा भए, नैतिकताको कुराहरुको खाँचो रहेछ । विश्वयुद्ध गोलीगठ्ठाको रुपमा, हतियारको रुपमा आएको थियो । तर, अहिले यो चाही भाइरसको रुपमा आएर भौतिक रुपमा सक्षम भएतापनि सजाय दिने गरेर आएर तेस्रो विश्व युद्ध आयो ।

घरभित्रै रहँदा असाध्यै ठूलै चोट परेको जस्तो भएको छैन

यसरी त लामो समय घरमा बसेको थिएँन । यसरी बस्दा आफूले आफूलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो कुरा हो । म ६ बजे विहान उठेर गएर बेलुकी ८ बजेमात्रै घर फर्कने मान्छे हो ।

जब नेपाल सरकारले भोली ६ बजेदेखि एक हप्ता लकडाउन गर्ने भनेर घोषणा गर्यो । घोषणा गर्नेवित्तिकै मेरो माइन्डमा के आयो भने ठिकै छ बाहिर निस्कन हुन्न पालना त गर्नै प¥यो । त्यसको साथसाथै मेरो घर छ । घरको परिवार छ ।

मसंग एउटा नेटवर्क छ र म फिजिकल्ली बाहिर जानुपर्ने छैन । त्यसैले कसरी व्यवस्थान गर्नुपर्छ भनेर मैले सोंचे । र दैनिक जीवन कसरी सञ्चालन गर्ने भनेर मेरो माइण्डमा ल्याएर अहिले परिचालन गर्दाचाहीँ असहज भाको जस्तो लाग्दैन । म घरमै छु ।

मेरो विचारहरु र माइण्ड विश्वको कुना कुना पुगेको छ । मेरो व्यवसाय आफ्नो हिसाबले सञ्चालन भइरहेको छ । परिवारपनि सञ्चालन गरिरहेको छुँ । यो तपाईसँग कुराकानी भयो यो पनि विचार आदानप्रदान नै हो । यस्तो भएकाले असाध्यै ठूलै चोट परेको, जेलमै बसेको जस्तो चै लाग्या छैनके अहिले ।
साथै गोर्खा ग्रुपका अध्यक्ष क्याप्टेन मानबहादुर बुढाले कोरोना भाइरसको संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउनले अफ्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यसहित कोष स्थापना गरेका छन् । कोषको नाम‘कोभिड-१९ आपतकालिकन कोष’ रहेको छ ।अध्यक्ष बुढाले लकडाउनका कारण रोल्पा लगायत विभिन्न जिल्लाबाट काठमाण्डौं उपत्यका र आसपासमा मजदुरी गर्न आएर अफ्ठेरो परेकाहरुलाई सहयोग गर्न कोष स्थापना गरेको जानकारी दिएका छन् । उनले भने,‘अहिले त हामी घरभित्रै छौं र यो कोष अलि नयाँ ढंगले स्थापना गरेका छौं,यो कोष परिवार र घरमा बस्ने सदस्यहरु मार्फत संकलन गरेका छौं ।’अध्यक्ष बुढाले आफ्नो मातहतका कम्पनीको तर्फबाट सरकारले घोषणा स्थापना गरेको कोषमा रकम जम्मा गर्ने जानकारी दिए ।  उनले भने,‘यो अहिले हाम्रो सानो सहयोग र प्रयास मात्रै हो तर हाम्रो कम्पनीहरुको तर्फबाट हजार वा लाख जति हुन्छ हामी सरकारी कोषमा जम्मा गछौं ।’

उनले अहिले सुरु गरेको कोषबाट भने रोल्पालगायतका विभिन्न जिल्लाबाट काठमाण्डौंमा मजदुरी गर्न आएर अलपत्र परेकाहरुलाई सहयोग गर्ने बताए । उनले मगरात नेपाल डटकमसँग भन्नुभयो,‘अहिले रोल्पा लगायतका जिल्लाबाट काठमाण्डौं उपत्यकाका विभिन्न ठाँउमा इट्टा भट्टामा काम गर्न आएका व्यक्तिहरु अलपत्र परेका भन्ने खबर छ हामी केही गर्न सक्छौं कि भनेर लागेका छौं ।’ मूल घर रोल्पा भएका क्या.मान बहादुर बुढा मगर अध्यक्ष रहेको गोर्खा ग्रुपको शैक्षिक तथा अन्य सेवामूल उद्योगमा लगानी रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar