भारतमा सङ्क्रमित बढेसगै गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ को निर्देशन पछि सिमामा सशस्त्रको ८ सय चेकपोस्ट थप गरेर कडाइ


काठमाण्डौं। गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ को निर्देशन पछी भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा कडाइ गर्न सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ।भारतमा सङ्क्रमित बढेसगै गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ को निर्देशन पछि सिमामा सशस्त्रको ८ सय चेकपोस्ट थप गरेर कडाइ गरेको गृहको स्रोतले जानकारि मगरात नेपाल डटकमलाइ दिनुभएको छ।गृहमन्त्री वादलको निर्देशनमा ४ कार्यदल गठन कार्यदललाई कोरोना भाइरसको विरुद्ध थप रणनिती वनाउन कडा निर्देशन दिइसकेपछि कोरोना संक्रमन रोक्न सम्पुर्ण शक्ती परिचालन गरिसकेका छन्।

भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थप गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रविन श्रेष्ठले बताए।सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्ट पनि थप गरेको छ। यसअघि भारतीय सीमामा सशस्त्रका १ सय २० वटा मात्रै चेकपोस्ट रहेकोमा ८ सय ५ वटा अस्थायी चेकपोस्ट थप गरिएको छ। अब सीमानामा सशस्त्रका मात्रै ९ सय २५ वटा चेकपोस्ट पुगेको डीआईजी श्रेष्ठले बताए। काठमाडौंबाट थप जनशक्ति पठाएसँगै करिब साढे पाँच हजार सशस्त्र सीमामा खटिएका छन्।

भारतमा जोखिम बढ्दै गएको र नेपाल सुरक्षित देखिएकाले भारतबाट नेपाल आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमामा कडाइ गरिएको हो।जोखिम बढ्दै गए थप जनशक्ति पठाउने र चेकपोस्ट पनि अझै थपिने गृहमन्त्रालएको स्रोरले मगरात नेपाल डटकमलाइ जानकारि दिनुभएको छ।

सशस्त्रले काठमाडौंका तालिमकेन्द्र, बाहिनी र तालिम सकेर बसेका टोलीलाई सीमामा खटाएको हो। जनशक्ति र चेकपोस्ट थपे पनि भारतसँग नेपालको सघन सम्बन्ध र आउजाउका कारण मुख्य जोखिम रहेको सुरक्षा अधिकारीहरुले बताए।प्रदेश १ का सीमा नाकामा कडाइ गरिएको त्यहाँका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकरि दिएको छ। खुल्ला सीमा नै मुख्य जोखिम भएकाले हाल सीमामा नेपाल प्रहरी समेत परिचालन गरिएको छ। झापा, मोरङ, सुनसरी र इलाममा १ सय ५१ ठाउँमा आवतजावत गर्न सकिन्छ। यी ठाउँमा अस्थायी चेकपोस्ट स्थापना गरिएको छ।

यस्तै, सीमानामा क्वारन्टिन समेत थपिरहेको मन्त्री कार्कीले बताए।यता प्रदेश २ को सप्तरीमा पनि सशस्त्र प्रहरीले ४१ वटा चेकपोस्ट थप गरेको छ।सशस्त्र प्रहरीका सप्तरी प्रमुख एसपी उद्धव न्यौपानेका अनुसार यसअघि जिल्लामा २५ ठाउँमा सशस्त्र प्रहरीका चेकपोस्ट रहेकोमा हाल ६६ ठाउँमा राखिएको छ।यसबाहेक पनि मोबाइल गस्ती टोली खटाइएको एसपी न्यौपानेले बताए। लकडाउन कार्यन्वयन गर्न भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ। भारतसँग बस्ती मिसिएका ठाउँ बाहेक अन्यत्रबाट प्रवेश गर्ने अवस्था नरहेको न्यौपानेले बताए।

कन्चनपुरमा पनि सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। औपचारिक सीमा लकडाउनसँगै बन्द गरिएको छ। अन्य नाकामा २४ सै घण्टा गस्ती बढाइएको सीडीओ खतिवडाले बताए।कन्चनपुरमा बिहीबारबाट भारतीय नाकाबाट तरकारी बोकेका गाडीको आवात जावतसमेत रोकिएको छ।

नेपाल र भारतको बीचमा १ हजार ८ सय ८० किलोमिटर लामो सीमा छ। सबै ठाउँमा सुरक्षा निकायले रोक्न नसक्ने भएकाले सीसी क्यामराबाट समेत निगरानी गर्नु पर्ने सीमाविद बुद्धिनारायण श्रेष्ठको सुझाव छ। यस्तै नेपाल भित्रिन सक्ने अवस्थालाई हेरेर सीमामा सुरक्षाकर्मी समेत थप्नु पर्ने उनले बताए। भारतमा जोखिम बढ्दै गएपनि सीमा क्षेत्रका नागरिक समेत आफ्नो देशमा प्रवेश गर्न नदिन सक्रिय भएका छन्। स्थानीयकै सहयोगमा बिहीबार नेपाल प्रवेश गर्न लागेका १ सय ९४ जनालाई सर्लाहीको मलंगवास्थित सोनबर्सा नाकामा रोकिएको छ।

मुख्य नाका बन्द भएपछि चोरबाटो भएर नेपाल प्रवेश गर्न खोज्दा स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपाल प्रवेश गर्न खोज्ने २७ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी क्वारन्टिनमा राखेका छन्।

सर्लाहीमा नेपाल भारतको ५१ किलोमिटर खुल्ला सीमा छ। त्यही खुला सीमाको फाइदा उठाउँदै ती नागरिकहरु नेपाल भित्रिन खोजेका थिए।चैत ११ गते लकडाउनको घोषणा भएसँगै २ हजार बढी नेपाली भारतीय सीमानामा रोकिएका छन्। उनीहरुलाई समेत सरकारले नेपाल आउन दिएको छैन। ती नेपालीलाई भारतीय पक्षले नै खाना र आवासको व्यवस्था गरेको छ।यता नेपालमा पनि करिब ७ सय भारतीय सीमा क्षेत्रमा रोकिएका छन्। उनीहरुलाई नेपालले नै खाना र आवासको व्यवस्था गरेको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar