कोरोना भाइरसको विरुद्धको प्रधानमन्त्रीको नेत्रित्वमा सर्वदलिय संयन्त्र वनाऔं: नेकपा अध्यक्ष क.प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय संरचना बनाउने प्रस्ताव अघि सारेका छन् । बिहीबार साँझ टेलिभिजन अन्तवार्तामा बोल्दै अध्यक्ष दाहालले सबै दल र अन्य पक्ष समेत रहेको एउटा संरचना बनाएर अभि बढ्न आवश्यक रहेको औल्याएका हुन् ।  उनले भनेका छन्,‘सवै दल र अन्य पक्ष रहेको एउटा संरचना बनाएर अघि जानु आवस्श्यक छ । त्यसैले मैले प्रधानमन्त्रीजी र सरकारलाई यस दिशामा सोच्न म अपिल गर्न चाहान्छु ।’ कोभिड १९ (कोरोना भाइरस) को संक्रमणले विश्व आक्रान्त बनिरहेको बेला अध्यक्ष प्रचण्डले देशमा गंभीर समस्या पर्दा (जस्तै भुकम्प बाढी पहिरो) जहिले पनि राष्टिय एकतामा जोड दिँदै आएको बताए ।  उनले भने,‘भूकम्पका बेला प्रतिपक्षको नेता हुदा प्रधानमन्त्रीलाई राष्ट्रिय एताका साथ अघि बढ्नुस्, साथ दिन्छु भनेको थिए । अहिले हाम्रै सरकार छ । अहिले पनि मैले राष्ट्रिय एकताका साथ अघि बढ्नपर्छ भनेको छु ।’ कोरोना भाइरसको यो पिडालाई राष्ट्रिय एकता कायम गरेर सवै दलको सहमतिमा जानुपर्ने उनले बताए । ‘नेपाल जस्तो देशका लागि भोली बिरामी बढ्दै गएपछि गरौंला भनेर बस्नु हुँदैन रोकथामलाई जोड दिनुपर्छ ।’ उनले भने ।   कोरोनाबाट बच्न सतर्कता अपनाउनुपर्ने बताउँदै उनले भने, ‘विपक्षी दलको गुनासो सत्य हैन । सर्वदलीय बैठकमा विपक्षले समेत दिएका कुरालाई सरकारले दल र विज्ञका सुझाव लिएको छ ।’ कोरोना नियन्त्रणका लागि अहिलेसम्म राम्रा काम सरकारले गरेको बताउँदै उनले सरकार, दल नागरिक समाजका तर्फबाट, चिकित्सक र सुरक्षाकर्मीका तर्फबाट संरचना बनाउनपर्ने उनले प्रस्ताव गरे ।  ‘राजनीति गर्ने हिसावले घोचपेच गर्ने होईन । सरकारले यस विषयमा सकारात्मक पहल गर्ने विश्वास दिलाउनेको छ ।’ उनले भने,‘सवै दल र अन्य पक्ष रहेको एउटा संरचना बनाएर अघि जानु आवश्यक छ ।’ लकडाउनसँग सम्बन्धित सरकारका निर्णयबाट सन्तुष्ट सरकारले लकडाउनसँग सम्बन्धित भएर गरेका निर्णयबाट आफू सन्तुष्ट रहेको उनले बताए । उनले भने,‘सरकारले लकडाउनसँग सम्बन्धीत जे निर्णय गरेकोबाट म सन्तुष्ट छु । सरकाराले गरेको काममा उपलव्धी पनि भएको छ ।’ सवैलाई समेटेर लैजानुपर्छ भन्ने कुरामा थप ध्यान जानुपर्ने अध्यक्ष दाहालको तर्क छ । ‘यस बीचमा जति कमजोरीका कुरा आए प्रधानमन्त्रीले आफैं छानविन गर्ने आश्वासन दिनुभएको छ । त्यो होस सवैलाई समेटेर लैजाने कुरामा ध्यान जाओस ।’ उनले भने । अध्यक्ष दाहालले मंगलबार बसेको पार्टीको सचिवालय बैठक आफूले नै बोलाउन भनेको खुलासा गरे । उनले भने, ‘मैले नै सचिवालय बैठक बोलाउन भनेको हो त्यो अनससार भयो।’ उक्त बैठकमा आफू धेरै नबोलेको भन्दै उनले भने, ‘हामी कोरोना विरुद्ध कसरी लड्ने सहमति थियो । म बैठकमा धेरै नबेलेकै हो । हामी यो बैठकलाई आपसी तिक्तता बढाउने बैठक बनाउन चाहदैनथ्यौं । जे होस हामीले खुलेर कुरा राखेका थियौं । अहिलेको अवस्था विरुद्ध लड्न र राष्टका समस्या समाधान गर्न लाग्नुपर्छ भनेका थियौं ।’ प्रधानमन्त्रीको नेतृत्वमा प्रतिपक्षी दलका नेतासहित अन्य पक्षलाई समेटेर एउटा संरचना बनाउनुपर्ने बताउँदै उनले यस विषयमा म प्रधानमन्त्रीसँग गंभीर कुरा गर्ने बताए । उनले भने, ‘उहाँ (प्रधानमन्त्री)ले विमत्ति गर्नुहुन्न । विपक्षी दल र सवै पक्षलाई त्यहाँ बसेर यो प्रकोप विरुद्ध लड्न सहयोग पूग्छ ।’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar