ताजा अपडेट कोभिड-१९ कोरोना भाइरस वाट सवैभन्दा वढी अमेरिका जनता मृत्यु


काठमाडौं :  कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा शनिबार (अप्रिल ११ ) सम्म कोरोना भाइरसका कारण निधन हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको छ। 

कोभिड-१९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार नेपाली समयानुसार शनिबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको हो। 

अमेरिकामा ५ लाख ६ हजार ८ भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ। त्यस्तै युरोपेली राष्ट इटालीमा पनि १८ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ। इटालीमा १ लाख ४७ हजार ५ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन्। 

अमेरिकामा हिजो एकै दिन मात्र कोरोना भाइरसको संक्रमण दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए। मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र अमेरिकामा करिब ११ हजार मानिस अझै गम्भीर अवस्थामा छन्। 

त्यस्तै अर्को युरोपेली देश स्पेनमा पनि १६ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ। स्पेनमा पनि ७ हजार ३ सयभन्दा बढी मानिस गम्भीर अवस्थामा छन्। स्पेनमा १ लाख ६८ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। 

यी तीन देशमध्ये स्पेनमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर फर्केका छन्। स्पेनमा ५९ हजार एक सय जना (यो समाचार तयार पार्दासम्म) उपचारपछि घर फर्किएका विश्व स्वास्थ्य संगठनले बताएको छ। 

कोरोना भाइरसको केन्द्र चीनमा भने विगत २४ घन्टामा ज्यान गुमाउनेको संख्या मात्र ३ छ। जहाँ ४६ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै चीनमा १ सय ४१ जना मानिस गम्भीर अवस्थामा रहेको डब्ल्युएचओले जनाएको छ। 

युरोपको शक्तिशाली राष्ट्र बेलायतमा पनि कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय नाघेको छ। बेलायतमा पछिल्लो केही घन्टमै ९ सयभन्दा बढीको संख्यमा मानिसको मृत्यु भइसकेको छ।

पछिल्लो केही दिनयता बेलायत कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ। बेलायतमा हालसम्म ३ सय ४४ जना मात्र उपचारपछि निको भएका छन्। 

त्यस्तै अर्को युरोपेली राष्ट्र फ्रान्समा पनि कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघिसकेको छ। फ्रान्समा ७ हजार जना अझै गम्भीर अवस्थामा रहेकाले मृत्युदर अझै बढ्न सक्ने देखिन्छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar