१२ जना पुग्यो नेपालमा कोरोना सं‌क्रमित, विरगञ्जमा रहेका तीनैजना भारतीय नागरिक हुन् ।

काठमाडौं । नेपालमा रहेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जमा थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु तीनैजना भारतीय नागरिक हुन् ।

नेपालमा अब संक्रमितको संख्या १२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना भारत नयाँ दिल्लीका र दुईजना उत्तर प्रदेशका बासिन्दा रहेका छन् । यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar