५७ हजार ३ सय १३ जनालाई प्रहरीले लकडाउन उल्लंघन गर्ने नागरिकलाइ कार्वाही गर्‍यो : गृहमन्त्रालय

काठमाडौं । ५७ हजार ३ सय १३ जनालाई प्रहरीले लकडाउन उल्लंघन गर्ने नागरिकलाइ कार्वाही गरेको जानकरि गृहमन्त्रालय अन्तरगत क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।

समितिको आइतबार बसेको समितिको बैठकले ३२ हजार ७२४ सवारी साधन नियन्त्रणमा लिएको बताएको छ । कारबाही गरिएकामध्ये ५७ हजार ३ सय २ सर्वसाधारण र २७ हजार ४ सय ४२ सवारीलाई प्रक्रिया पुर्‍याएर छाडिएको समितिले जानकारी दिएको छ ।

समितिले लकडाउनपश्चात् विभिन्न स्थानमा अड्किएका ४ हजार ४६ जना पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याइ सम्बन्धित देश पठाएको बताएको छ ।

देशभर हालसम्म २९ हजार ३ सय ८९ क्वारेन्टाइन बेड बनाएको समितिको भनाइ छ । तीन हजार १ सय १४ आइसोलेसन कक्ष निर्माण भएका छन् । ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको र ८२ जना आइसोलेसनमा भर्नारत रहेको समितिले जनाएको छ । 
 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar