कोरोना खवर: विश्वभर १ लाख १५ हजार २५० जनाको मृत्यु भएको छ भने १८ लाख ६३ हजार ४०० जना संक्रमित

एजेन्सी । इटालीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २० हजार नाघेको छ । सोमबार त्यहाँ मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय ६६ जनाको मृत्यु भएको छ । आइतबारको तुलनामा यो १३५ ले बढी हो । ५६६ जनामध्ये इटालीको उत्तरी क्षेत्रमा मर्नेको संख्या बढी छ । उत्तरी क्षेत्रमा पर्ने लम्बर्डीमा २८० जनाको मृत्यु भएको जनाइएको छ भने संक्रमितको संख्या इटालीमा १ लाख ५९ हजार ५ सय १६ पुगेको छ ।

त्यस्तै, सोमबारै अमेरिकाको न्युयोर्क शहरमा मर्नेको संख्या १० हजार नाघेको छ । एकैदिन त्यहाँ ६ सय ७१ जनाको मृत्यु भएको न्युयोर्कका गभर्नर एन्ड्रयु कु ओमोले पुष्टि गरेका छन् । त्यस्तै, बेलायतमा मर्नेको संख्या ११ हजार नाघेको छ । त्यहाँ २४ घण्टामा ७ सय १७ जनाको मृत्यु भएको छ । योसहित बेलायतमा मर्नेको संख्या ११ हजार ३ सय २९ पुगेको हो ।

जन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर १ लाख १५ हजार २५० जनाको मृत्यु भएको छ भने १८ लाख ६३ हजार ४०० जना संक्रमित भएका छन् । 
 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar