र्‍यापिड टेष्टमा काभ्रेमा दुईजनामा कोरोना संक्रमण भाइरस(कोभिड-१९)को आशंका

बनेपा । काभ्रेमा र्‍यापिड टेष्टका क्रममा दुईजनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमणको आशंका गरिएको छ । बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा र्‍यापिड टेष्टका क्रममा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्थानीय स्वास्थ्य अधिकारीले बताएका छन् ।

गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवक र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवकलाई आइसोलेसनमा राखिएको छ ।

दुवैजनाको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवक ९ चैतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका धुलिखेल अस्पताल स्रोतले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar