WHO को चेतावनी,स्वाइन फ्लूबाट २ लाखको मृत्यु भएको थियो त्यसैले कोरोना भाइरसबाट १० गुणा मानिसको मृत्यु हुने

एजेन्सी । विश्व स्वास्थ्य संगठन (WHO)ले सन् २००९ मा फैलिएको स्वाइन फ्लुको तुलनामा कोरोना भाइरस १० गुणा धेरै महामारी भएको चेतावनी दिएको छ । स्वाइन फ्लु महामारीले झण्डै २ लाख मानिसको मृत्यु भएको थियो । कोरोना भाइरसले झण्डै १ लाख २० हजारले ज्यान गुमाइसकेका छन्।

मंगलबार बिहानसम्म संसारभर कोरोना संक्रमितको संख्या १९ लाख भन्दा धेरै भइसकेको छ । डब्ल्युएचओले कोरोना भाइरस महामारी रोक्नका लागि भ्याक्सिनको आवश्यकता रहेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोमले कोभिड-१९ का विषयमा विभिन्न प्रकारका जानकारी लिदै विश्लेषण गरिरहेको जनाएका छन् । संसारभर स्वाइन फ्लुबाट संक्रमित मध्ये १ दशमलब १ प्रतिशतको मृत्यु भएको थियो । अमेरिकामा स्वाइन फ्लुबाट ० दशमलब २ र बेलायतमा ० दशमलब ०३ प्रतिशतको मृत्यु भएको थियो ।

कोरोना भाइरसबाट मृत्यु हुनेको दर हरेक देशमा फरक फरक रहेको छ । बेलायतमा संक्रमितमध्ये १२ प्रतिशतको मृत्यु भएको छ । अष्ट्रेलियामा भने ० दशमलब १ प्रतिशत मात्र छ। अमेरिकामा ४ प्रतिशत रहेको छ । संसारभर औषत मृत्युदर अहिले ६ दशमलब ४ प्रतिशत रहेको छ ।

स्वाइन फ्लुका कारण मृत्यु हुनेको संख्या विश्व स्वास्थ्य संगठनको ल्याबअनुसार १८ हजार ५ सय मानिसको ज्यान गएको थियो । द लसेन्टले आफ्नो रिपोर्टमा स्वाइन फ्लूबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ७ सय देखि ५ लाख ७५ हजार ४ सयसम्मले ज्यान गुमाएको उल्लेख गरेको छ । लसेन्टको रिपोर्टलाई डब्ल्युएचओको रिपोर्टमा सामेल गरिएको छैन।

कोरोनाबाट अहिलेसम्म १ लाख २० भन्दा धेरैको ज्यान गइसकेको छ । यसमा २३ हजार भन्दा धेरै अमेरिकाका छन् । इटलीका २० हजार ५ सय स्पेनका १८ हजार, फ्रान्सका १५ हजार, बेलायतका ११ हजार जनाले ज्यान गुमाएको संख्या छ।

स्वाइन फ्लू जुन सन् २००९ मा महामारीको रुपमा घोषणा गरिएको थियो । अगष्ट २०१०मा यो समाप्त भएको थियो । डब्ल्युएचओका महानिर्देशक अधानोमले सन् २००९ को स्वाइन फ्लूको महामारीभन्दा १० गुणा धेरैको कोरोना भाइरसले ज्यान जाने बताएका छन् । संसारका धेरै शहरमा यसको संक्रमण फैलिँदो क्रममा रहेको उनले बताएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar