सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेको भनी भ्रम फैलाएको आरोप एक युवक पक्राउ परेका छन् ।
लेकबेसी नगरपालिका–१ लेकफर्सास्थित ससुरालीमा बस्दै आएका दैलेखको नौमुले नगरपालिका–३ घर भएका २१ वर्षीय प्रेम विकलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
बिकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा एक जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनी भ्रामक प्रचार गरी जनमानसमा त्रास फैलाउने काम गरेकाले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेकबेसीले बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।