न्युयोर्कको उडसाइडमा कोरोना सक्रमनवाट अर्का नेपालीको मृत्यु

न्युयोर्क । कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ । झण्डै ३ सातादेखि बिरामी रहेका ४८ बर्षका ती नेपालीको आज विहानै निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनी केही दिन अगाडि एल्महस्र्ट अस्पतालमा गएका थिए । तर अस्पतालले भर्ना लिन नमानेपछि उनको घरमै उपचार भइरहेको थियो । घरमै मेडिकल टिम आएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आएको थियो।

उनको परिवार नेपालमा रहेकाले नेपालमा रहेको परिवारलाई जानकारी दिइनसकिएका कारण नाम र विवरण सार्वजनिक गरिएको छैन। अहिले नेपालमा भएको परिवार र अस्पताललाई जानकारी दिने प्रकृयामा रहेको खसोखासले लेखेको छ ।

उनका कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । एकमहिनाको बीचमा न्युयोर्कमा ७ जना नेपालीको निधन भइसकेको छ । जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने तीनजनाको मृत्युको कारण सार्वजनिक गरिएको छैन ।

हिजो मात्र न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले अस्पतालमा नै भर्ना नभई घरमा मृत्यु हुनेको संख्या न्युयोर्क सिटीमामात्र ३७७८ रहेको सार्वजनिक गरेको थियो । उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण या त कोभिड १९ या त त्यससँग मिल्ने लक्षण उल्लेख गरिएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar