पूर्वगोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन:कोरोना भाइरसको आशंका

लण्डन । पूर्वगोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ ।कोरोनाको शंका लागेपछि उनलाई ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३ बजे उनको निधन भएको ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।उनको मृत्युको कारण अस्पतालले औपचारिकरुपमा खुलाउन बाँकी छ ।
क्वीन्स गोरखा इन्जिनियर्सका ७८ वर्षीय गुरुङको आर्मी २११५११९८ रहेको छ । उनले कर्पोरल पदबाट अवकास पाएका थिए ।

उनी ननिटनमा छोरी ज्वाइँका साथमा बसोबास गर्दै आएका थिए । उनकी श्रीमती भने बिदामा नेपाल गएकी छिन् । कोरोनाका कारण नेपालले लक डाउन गरेपछि उनी युके आउन पाएकी छैनन् ।परिवारमा सबैलाई कोरोनाको लक्षणपछि छोरीज्वाइँसहित गुरुङ अस्पताल भर्ना भएका थिए । छोरी र ज्वाइँ उपचारपछि घर फर्केका छन् ।उनको पुर्ख्यौली घर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ रहेको छ । उनी सन् २०१२ देखि युकेमा बसोबासरत थिए । (वीनेपाली)

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar