विश्व स्वास्थ्य सङ्गठनद्धारा अमेरिका डोनाल्ड ट्रमको निर्णयमा खेद प्रकट


विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहायता रकम रोक्ने अमेरिकी निर्णयप्रति सो संगठनले खेद प्रकट गरेको हो । हिजो भएको एक बैठकमा सो संगठनका प्रमुख डा. ट्रेड्रोस एडनम गिब्रिएससले यस्तो खेद प्रकट गरेका हुन् । उनले अमेरिकाले रकम बन्द गरेपछि पर्ने प्रभावबारे डब्ल्यूएचओले समीक्षा गरिरहेको भन्दै आफ्ना अन्य पार्टनरसँग आर्थिक संकट नआवस् भन्ने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘कुनै पनि हालतमा काम नरोकियोस् भन्ने कुराको हामी सुनिश्चित गर्न चाहन्छौं ।’ उनी थप्छन्, ‘जहाँ सुधार गर्नुपर्नेछ ती स्थानको पहिचान गर्ने कुरामा कुनै शंका छैन । हामीले गर्दै जाँदा सिक्ने पनि त हो । तर अहिलेको लागि हाम्रो ध्यान–मेरो ध्यान यो भाइरसलाई रोकेर जीवन बचाउनेमा केन्द्रीत छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रकोप बारे समयमै सूचना नदिएको र चीनको पक्षमा वकालत गरेको आरोप लगाउँदै मंगलबार डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar