कोभिड १९ महामारीले देश ‘समृद्धिका लागि उत्पादनमुखी उद्यमशीलता’ बन्न सिकाएको सन्देश ,रिडी ग्रुप अध्यक्ष :मान बहादुर वुढा

काठमाण्डौ: रिडी ग्रुपको अध्यक्ष मान बहादुर वुढा कोभिड १९ महामारीले देश ‘समृद्धिका लागि उत्पादनमुखी उद्यमशीलता’ बन्न सिकाएको सन्देश दिनुभएको छ,देश ‘समृद्धिका लागि उत्पादनमुखी उद्यमशीलता’को सोंच अझ सान्दर्भिक अघि वड्न अनुरोध गर्नुभएको छ।उहा भन्नुभएको छ,आदरणीय शेयरधनी महानुभावहरु,हामी यतिवेला कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको चपेटामा परेका छौं। यो महामारीले हाम्रो सामाजिक, आर्थिक र व्यवसायिक जीवनलाई नराम्रोसंग प्रभाव पारेको छ । हाम्रा दैनिक जीवनका बानी–व्यवहार र अभ्यासहरुलाई समेत नियन्त्रित गरेको छ । साथै कोरोना भाइरस कहिलेसम्म कसरी नियन्त्रणमा आउँछ र हामीले पहिले जस्तै सामान्य जीवन विताउन पाउँछौं भन्नेवारे अझैपनि अगाडीका दिनहरु अनिश्चित भएको कारणले अवका दिनमा कम्पनीले लिएको ‘समृद्धिका लागि उत्पादनमुखी उद्यमशीलता’ को सोंच अझ सान्दर्भिक हुदै गएको छ । त्यसैले, अहिलेको अवस्था सामान्य भए लगत्तै कम्पनीका कामहरु सुचारु गर्नेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
कोरोना भाइरसको महामारीले रिडी ग्रुपको योजना मुताविकका कामहरुलाई पनि प्रभाव पारेको जानकारी गराउन चाहन्छु । कम्पनीका संचालकहरु सवै घरमै बसेर महामारीवाट बच्ने र अवको बदलिदो परिस्थितिमा कम्पनीलाई कसरी अगाडी बढाउने भनेर सोच्दैछौं । अवका दिनमा कम्पनीले लिएको ‘समृद्धिका लागि उत्पादनमुखी उद्यमशीलता’ को सोंच अझ सान्दर्भिक हुदै गएको छ । त्यसैले, अहिलेको अवस्था सामान्य भए लगत्तै कम्पनीका कामहरु सुचारु गर्नेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाले सन्दै छोड्दै भन्नुभएको छ,रिडी ग्रुप लिमिटेड, संचालक समितिको तर्फवाट सम्पूर्ण शेयरधनी महानुभावहरुलाई नआत्तिन, सचेत रहन, घरमै बस्न र नेपाल सरकारले लागू गरेको लकडाउन अनुशासितपूर्वक पालना गरी कोरोना भाइरस महामारीलाई परास्त गर्न सवैमा हार्दिक अनुरोध गर्नुभएको छ।
साथै सन्देश मार्फत नववर्ष २०७७ सालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
कोभिड १९ महामारी सम्वन्धमा रिडी ग्रुपको अध्यक्ष मान बहादुर वुढा सन्देश यस्तो छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar