नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशनमा कोरोना भाईरस (COVID-19) कोरोना पिडित सहयोग कोष” निर्माण सहित बिशेष परिपत्र


काठमाण्डौं: नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशनमा कोरोना भाईरस (COVID-19) कोरोना पिडित सहयोग कोष” निर्माण सहित बिशेष परिपत्र जारी गर्दै Lock Down (बन्दाबन्दि)को पुर्ण पालना गरौ,घरमै बसौ ! आफु बचौ – अरुलाई पनि बचाऊ ! गर्न सबैमा अपिल गर्नुभएको हो।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) ले पारेको प्रभाव का बारेमा नेपाल मगर संघ केन्द्रिय समितिको उपलब्ध पदाधिकारीहरुको भिडीयो कन्फेरेन्स बैठक संघको केन्द्रीय अध्यक्ष नबीन रोकामगर ज्युको अध्यक्षतामा बसी तपशिल बमोजिमको निर्णयहरु गरेको छ यथासक्य-तुरुन्तै कार्यन्वयनका लागि हार्दिक अनुरोध सहित यस बिशेष परिपत्र जारी गरिएको छ
बिशेष परिपत्र जारी गर्दै भनिएको छ,श्री अध्यक्षज्यू, नेपाल मगर संघ, केन्द्रीय भात्रिसस्था / नेपाल मगर संघको प्रदेश समिति /बैदेशिक शाखा / जिल्ला समिति / गाउँ-नगर समिति / सहयोगीमानुभावहरुलाइ बिशेष परिपत्र जारी गरि निर्देशन दिनुभएको छ।

नेपाल मगर संघ केन्द्रिय समितीको बिशेष परिपत्र जारी गरिएको निर्णयहरु
१) विश्वमा कोरोना भाईरसको प्रभाव द्रुत गतिमा बढ्दो भैरहेको कारण नेपालमा सरकारले जनताको सुरक्षाका लागि Lock Down (बन्दाबन्दि) लागु गरिरहेको अबस्थामा यसको पुर्ण पालना गर्दै नागरिकको सुरक्षाका लागि सरकारले चालेको यस कदममा आ-आफ्नो तह र तप्का देखि सहयोग गर्न सबैमा हार्दिक आवहान गर्दै सचेत हुदै सुरक्षित रुपमा घर भित्रै रहन हार्दिक अनुरोध गर्ने निर्णय भएको छ ।
२) कोरोना भाईरसबाट बचाउनका लागि सरकारले Lock Down अझै थप्दै जाने अबस्था देखिएको हुनाले कोरोना भाइरसले पारेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावबाट पिडितहरुलाई सहयोग गर्नका लागि नेपाल मगर संघको केन्द्रिय समिति, प्रदेश समिति, प्रवास समिति (बैदेशिक शाखा), जिल्ला समिति र गाउँ/नगर समिति सबैलाई आ-आफ्नो तहमा “कोरोना पिडित सहयोग समिति” तत्काल गठन गरि स्थानीय प्रशासन र सम्बन्धित तहको सरकारसंग आवश्यक समन्वय गरि उद्दारको काम गर्ने निर्णय भएको छ। केन्द्रिय समितिले संघको केन्द्रिय अध्यक्ष: नबीन रोकामगर (संयोजक), महासचिव: ज्ञानेन्द्र पुनमगर (सदस्य-सचिव), विदेश-सचिव: रक्षाबहादुररैकामगर (आर्थिक संयोजक) र केन्द्रीय पदाधिकारीहरु, सदस्यहरु र सल्ल्हाकारहरु, भात्रिसस्थाको अध्यक्षहरु, सघको प्रदेश समितिका अध्यक्षहरु सबै सदस्य रहनेगरी केन्द्रिय स्तरमा “कोरोना प्रभावित सहयोग समिति” गठन गर्ने निर्णय गरिएको छ । ३) कोरोना प्रभावितहरुलाई उद्दार र सहयोग गर्नका लागि नेपाल मगर संघको आन्तरिक रुपमा आर्थिक सहयोग उठाउने र सोहि क्षेत्रमा तुरुन्त सहयोग गर्ने गरि “कोरोना पिडित सहयोग कोष” निर्माण गर्ने निर्णय गरिएको छ । यस प्रकारको कोष सघको सबै तहहरु (केन्द्रिय समिति, भात्रिसस्था केन्द्रिय समिति, सघको प्रदेश समिति, सघको बैदेशिक शाखा केन्द्रिय समिति, सघको जिल्ला र गाउँ/नगर समितिहरु) मा यथासक्य कोष निर्माण गरि आ-आफ्नो क्षेत्रमा भएका प्रत्यक्ष परोक्ष प्रभावितहरुलाई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । केन्द्रीय कोषमा तुरुन्तै सघको केन्द्रिय पदाधिकारीहरु, सदस्यहरु र पदेन सदस्यहरु सबैले कम्तिमा एक/एक हजार रुपैया जम्मा तुरुन्तै जम्मा गर्ने निर्णय गरिएको छ ।
४) काठमान्डौ उपत्यकामा कोरोना पिडितहरुको तत्काल उद्दार तथा सहयोगका लागि नेपाल मगर संघ केन्द्रिय समितिको पदेन सदस्य तथा नेपाल मगर युवा सघ केन्द्रिय अध्यक्ष जयप्रकाश बुढामगरको संयोजकत्वमा “कोरोना भाईरस आकष्मिक उद्दार समिति” गठन गरेको छ ।
बिज्ञान र मानव जीवनलाई नै चुनौती दिने गरि बिश्वभरि फैलिरहेको कोरोना भाइरस हामीलाई खोज्दै आउदैन हामी आफै संक्रमित व्यक्तिसग भेटघाट भएसी मात्र सर्ने भएको हुनाले यो भाइरसलाई आफ्नो घर परिवारमा भित्र्याउने वा यस देखि बच्ने भन्ने सवाल हामी आफैमा निर्भर हुने भएको हुनाले हामी घर भित्रै बस्नु नै प्रमुख उपाए हो यसको अलावा स्वास्थ्य मन्त्रालयले भने जस्तो अरु रोकथामको उपायहरु अपनाउदै सजक र सचेत हुदै हामी सबै अनावश्यक हल्लाह र गलत सूचना को पछाडी नलागी मानव कल्याणमा लागि अहिलेको तत्कालिन कर्तब्य हो यहि भावलाई आत्मसात गरि अगाडी बढ्नुहुन नेपाल मगर संघको सबै निकायहरुलाई, सिंगो मगर समुदाय र आम नेपाली नागरिकहरुलाई आवहान गर्नुभएको छ।

नेपाल मगर सघ केन्द्रिय समितीको बिशेष परिपत्र यस्तो छ।

साथै नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको संयोजकमा बनेको कोरोना भाईरस (COVID-19) कोरोना पिडित सहयोग कोष” समिती

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar