कोरोना भाइरसलाई पछार्न लकडाउन मात्रै उपाय होइन जनताको सही व्यवस्थापन पनि हो।मगरातको सर्वोच्च कमाण्डर नविन रोका मगर


काठमाण्डौं:मगरातको सर्वोच्च कमाण्डर भन्नुहुन्छ,देशको पुर्व पश्चिममा रहेका जनताहरु हजारौं किलो मिटरको यात्रा गरेर आ-आफ्नो थाकथलोमा पुगेर जिउने ईच्छा दर्ज गर्न देशभर मानिसहरु बाल बच्चा र झोला बोकेर हिड्न बाध्य भएका छन्। उहाँ नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर भन्नुभएको छ,कोरोना भाइरसलाई पछार्न लकडाउन मात्रै उपाय होइन जनताको सही व्यवस्थापन पनि हो।उहाले भन्नु भयो कोरोना भाइरसको नियन्त्रण गर्न सरकारको योजना अनुसार आम जनता र देशलाई लकडाउन गर्नु सही जब्बर उपाय नै हो।तर महिनौंसम्म लकडाउनमा वस्दा मजदुरी गरेर सांझ विहान छाक टार्ने वहुसंख्यक जनताको हालत मृत्यु स्विकार गर्ने तहमा पुग्ने निश्चित भएपछि देशको पुर्व पश्चिममा रहेका जनताहरु हजारौं किलो मिटरको यात्रा गरेर आ-आफ्नो थाकथलोमा पुगेर जिउने ईच्छा दर्ज गर्न देशभर मानिसहरु बाल बच्चा र झोला बोकेर हिड्न बाध्य भएका छन्।कम्तीमा विपत्तिको क्षणमा म मेरो देशमा बांचिरहेको छु र हाम्रो पनि राज्य सरकार छ भन्ने गहिरो अनुभुती आम नागरिकको मन मनमा पैदा हुने खालको वातावरण राज्य सरकारले व्यवस्थापन गर्ने हो जसको अभावमा जनता कोरोना भाइरसले संक्रमित भएर भन्दा पनि भोकै भएर मरिन्छ होला भनेर नै मानिसहरू जबरजस्त बाटो र सडकमा लाम लागेर हिड्न लागेका हुन्।राज्य सरकारले संकटको घडीमा दिल खोलेर जनतालाई पुग्ने गरि गासको काफी व्यवस्थापन गर्नु पर्दछ।अनि मात्रै राज्यले आफ्नो भुमिका निर्वाह गरेको ठहर हुनेछ र जनताले पनि राज्यको अपनत्व महसुस गर्नेछन् ।

बरु यो बर्षको देशकै बजेट खर्च भए पनि फरक पर्दैन बरु पारदर्शीता भने चाहिन्छ ।अन्यथा जनताले यो राज्य सरकार कसको लागि हो भन्ने प्रश्न खरो रुपमा उठान गर्न पाउनेछन् र जवाफ विल्कुल दिनु पर्ने हुन्छ।अर्को विकल्प जनतालाई स्वास्थ चेक जाँच गराएर आफ्नो गन्तव्यमा पुग्न सरकारले व्यवस्थापन गर्न जरुरी छ।होइन भने संक्रमित व्यक्तिहरु नै हजारौंको हुलमुलमा हिड्ने काम गरे भने नेपालमा पनि कोरानाको संक्रमणले ईटाली लगायत युरोपको भन्दा वेहाल हुने पक्का छ।साथै नेपाली नागरिक संसारको कुन कुन मुलुकमा कति र कस्तो अवस्थामा छन भनेर नेपालको राज्य सरकारले खोजी गर्न जरुरी छ खाचो परे आफ्नो देशमा फिर्ता गरेर सुरक्षित र व्यवस्थित गर्न सरकार जिम्मेवारी हुनु अनिवार्य छ।जनता र देशको पक्षमा सरकारले गरेका निर्णय वा कार्यक्रममा राजनैतिक ,सामाजिक, व्यवसायिक, पत्रकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगायतले जनताको तर्फबाट सहयोग गर्न जरुरी छ र गरिरहेका छौं।यदि सरकाले (उच्च नेत्रित्वकर्ता)लाइ सजक गराउदै भन्नुभएको छ, यदि सरकारले मर्म सबै तहका सरकारको नेतृत्वमा रहनु भएका साथीहरूले ज्यादा हेक्का राख्न जरुरी छ अन्यथा ईतिहास निर्मम हुन्छ ख्याल राखौं।यहीँ नै हो जनता र देशको मनका कुरा भन्नुभयो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar