कोरोनाको सङ्क्रमनमा भिडभाड गराउदै प्रार्थना गराउने बलिराम महतो पास्टर पक्राउ

चितवन । चितवनमा एकजना कोरोनाको सङ्क्रमनमा भिडभाड गराउदै प्रार्थना गराउने बलिराम महतो पास्टर पक्राउ परेका छन् । कोरोनाको जोखिम बढिरहेको बेला अनावश्यक रुपमा भिडभाड गराएर प्रार्थना गराउने एकजना पास्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वाीचितवनको खैरहनी नगरपालिका वडा नम्बर ७ सर्तुनीबाट प्रहरीले बलिराम महतोलाई पक्राउ गरेको हो ।कोरोनाको (सङ्क्रमन)जोखिम बढिरहेको बेला चर्चहरु बन्द रहेतापनि आफ्नै घरमा अन्य मानिसहरुलाई बोलाई भिडभाड गरेपछि प्रहरीले उनलाई शनिबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए।

उनलाई सार्वजनिक हित, स्वास्थ्य, नैतिकता विरुद्धको कसुर अन्तर्गत सरुवा रोग सम्बन्धि कानुनको उल्लंघन गरेको मुद्धामा म्याद थप गरि कारबाही अगाडी बढाइएको घर्तिले बताए । कोरोना संक्रमणको जोखिम उच्च भएको बेला सबैजना आ आफ्नो घरमै बसेर आफ्नो धार्मिक क्रियाकलाप गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar