नेकपाको सचिवालय आकस्मिक वैठक वस्दै

काठमाण्डौं: सत्तारुढ दल नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ५ बजे वाट सत्तारुढ दल नेकपाले सचिवालयको आकस्मिक बैठक बसीरहेको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै नेकपाभित्र तरंग पैदा भएको हो ।
सचिवालय बैठकको लागी उपाध्यक्ष वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा मगर’वादल’बालुवाटार पुगिसकेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वैठकअघि स्थायि समिति सदस्य वर्षमान पुनसहितका नेताहरुसंग छलफल गरेका छन् । उता वरिष्ठ नेता माधव नेपालले समेत आफु निकटसंग छलफल गरेका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar