पुर्व समुहका मन्त्रीहरुको बैठक बसेको छैन:ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सोमबारको मन्त्रीपरिषद् बैठकपछि पूर्वमाओवादी समूहका मन्त्रीहरुको बैठक बसेको समाचारको खण्डन गरेका छन् । पूर्वसमूहका मन्त्रीहरुको बैठक बसेको समाचार सत्य होइन, नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले भने ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश स्वीकृत गर्नुपर्ने प्रस्ताव ल्याएपछि नेकपामा ठूलो तरंग आएको थियो । मन्त्रीपरिषद्को बैठकमा ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र कृषिमन्त्री घनश्याम भुषालले अध्यादेश ल्याउन नहुनेमा मत राखेको र पूर्वमाओवादी समूहका मन्त्रीहरुको बैठक अलग बसेको चर्चा चलेको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठकमा अध्यादेश स्वीकृत गरिएको निर्णय सुनाएपछि सोमबार साँझ नेकपाको सचिवालय बैठक बसेको थियो । तर, बैठक चल्दै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरेपछि नेकपाको सचिवालय बैठक नै प्रभावित भएको थियो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar