सांसद जयपुरी घर्तीद्धारा इट्टाभट्टामा काम गर्ने समस्या परेका ,ज्यालादारी मजदुरहरु, विपन्न परिवार, श्रमिकलाइ राहत वितरण


काठमाडौं । नेकपा सांसद संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति एबम अखिल नेपाल ट्रेड युनियन महासंघकी फ्र्याक्सन इन्चार्ज :जयपुरी घर्तीमगरले इट्टाभट्टामा काम गर्ने समस्या परेका ,ज्यालादारी मजदुरहरु, विपन्न परिवार, श्रमिकलाइ राहत वितरण गरेकी छिन् ।

प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति समेत रहेकी घर्तीले आइतबार  भक्तपुर र ललितपुरका विभिन्न स्थानका इँटाभट्टामा पुगेर ३ सय राल्पाली श्रमिकसँग भेटघाट गरेकी छिन् । 

मगरात नेपाललाइ जानकारी प्राप्तअनुसार उनले भनिन्–‘अहिले लकडाउनका बेला सबैतिर धेरै मजदुरहर समस्यामा छन् । उनीहरुको पीडा देख्न सकिन् । आज बिहानैदेखि अहिले बेलुकासम्म ललितपुरका विभिन्न इँटाभट्टाहरुमा पुगेर ३ सय बढी मजदुरहरुलाई भेटेँ । उनीहरुको अवस्था के कस्तो छ बुझेँ ।  खान बस्नका लागि धेरै समस्या भएका ७८ जनालाई त्यही पसल खोल्न लगाएर चामल, दाल, तेल किनेर दिएकी छु ।’

केही स्थानबाहेक अन्य ठाउँमा स्थानीय जनप्रतिनिधीले श्रमिकहरुलाई खान वस्नको राम्रो व्यवस्था गरेको उनले बताइन्। ललितपुरको हरिसिद्धिमा रहेको इँटाभट्टाका साहु फोन स्वीच अफ गरेर भागेपछि मजदुरको बिचल्ली भएको पाएपछि नजिकै रहेको पसल खोल्न लगाएर चामल, दाल, तेल लगायतका सामान किनेर ७८ जना मजदुरलाई खानाको व्यवस्था गरेको बताइन् । 

यता ललितपुरको धापाखेलमा घर बनाउन काम गर्ने १० जना रोल्पाका मजदुरलाई पनि खाना बस्ने सुविधा नभएको पाएपछि उनीहरुलाई पनि चामल दाल किनेर दिएको सांसद घर्तिले बताइन् । यता भक्तपुरको इटा भट्टामा काम गर्ने मजदुरका लागि स्थानीय तहले राम्रो व्यवस्था गरेको उनले बताइन् । 

उनले भनिन्–‘भक्तपुरमा जगातीमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालयले राम्रो काम गरेको रहेछ । अलपत्र परेका रोजगार नपाएकालाई खाने बस्ने राम्रो ठाउँको व्यवस्था गरेको रहेछ । यता लतितपुरको बुङमतिमा पनि १ सय मजदुर रैछन् । मैले त्यहाँको वडा सदस्यसँग पनि कुरा गरे । खान बस्न राम्रो सुविधा रैछ । तर उनीहरुले घर जान चहाना गरेका रैछन् ।’ 

उनले आफूले भेटेका जति सबै मजदुरले आफ्नै थातथलो जान इच्छा ब्यक्त गरेको बताउँदै  लकडाउनको पालना गर्दै सरकारले सहजीकरण गरेमा घर फर्काउन व्यवस्थापन गर्न पनि लागि पर्ने उल्लेख गरिन् । 

उनले भनिन्– ‘मजदुरको समस्या देखेर निकै पीडा भयो । सबैले घर जान चाहेका छन् । मैले  नआत्तिनुस अवस्था सहज भएपछि घर जाने व्यवस्था गर्छु । तपाईहरुलाई यहाँ खानाको अभाव भयो, बस्नको समस्या भयो भने  मलाई फोन गर्नुस भनेको छु ।’ 

यस्तै नुवाकोट, दोलखा, काभ्रेमा पनि रोल्पाका श्रमिकहरु रहेको र उनीहरुलाई राहत सहयोगका ऋण मागेको उनले बताइन् । पार्टीका स्थानीय नेताहरुलाई अहिले आफ्नै खर्चमा किनेर दिन  र पछि भेटेको बेलामा आफूले अहिले खर्च भएको पैसा फिर्ता गर्ने बताएको उल्लेख गरिन् । 

यस्तै धादिङ्गमापनि १ सय जना मजदुर अलपत्र परेको सुचना पाएकोले भोली बिहान उनीहरुको अवस्था बुझ्न जाने उनले बताइन् ।

अहिले रोल्पाका १४ समूहमा रहेका ५ सय मजदुर आफ्नो सम्पर्कमा रहेको बताउँदै उनीहरुको समस्या बुझेर समाधानमा लागिपरेको सांसद घर्तिले जानकारी दिइन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar