पार्टी एकतालाई अझ सुदृढ, दीगाे र बलियाे बनाउनु यतिवेला सवै नेता- कार्यकर्ताकाे गहन जिम्मेवारी हाे ।- नेकपा-वरिष्ट उपाध्यक्ष माधवकुमार नेपाल

काठामण्डौं:नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकतालाई अझ सुदृढ, दीगाे र बलियाे बनाउनु यतिवेला सवै नेता- कार्यकर्ताकाे गहन जिम्मेवारी हाे भन्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले हाल विकसित कतिपय घटना क्रमले पार्टी भित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएको बताएका छन् । पार्टी एकता सुदृढ बनाइराख्न आग्रह गर्दै जारी गरिएको प्रेस विज्ञप्तिमा उनले यस्तो अवस्थामा पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित हुन नहुनेमा जोड दिएका छन् । पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघिबढ्नु हामी सबैको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने कामकुरा हुन हुँदैन भन्नेमा नेता नेपालले जोड दिएका छन् ।

प्रेस विज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar