खानेपानी मन्त्री विना मगरद्धारा थप सामाग्री सहयोग


कञ्चनपुर: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारका खानेपानी मन्त्री बीना मगरको व्यक्तिगत सहयोगमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का चारवटा स्थानीय तहलाई केही थप स्वास्थ्य सामग्री प्रदान गरिएको छ । खानेपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सेनाले बेलौरी नगरपालिकालाई सेनिटाईजर ६० थान र इन्फ्रारेड थर्मोमिटर ३ थान सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ ।

खानेपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सेनाका अनुसार मंगलबार नै पुनर्वास नगरपालिका तथा बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पुनर्वास नगरपालिकालाई पनि सेनिटाईजर ६० थान र इन्फ्रारेड थर्मोमिटर ३ थान उपलब्ध गराइएको छ भने बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई समान चालिस-चालिस थान सेनिटाईजर र दुई-दुई थान इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराइएको उहाँको भनाइ छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका खानेपानी मन्त्री बिना मगरले आफ्नो व्यक्तिगत तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ का चारवटै स्थानीय तह (बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका) मा पच्चीस-पच्चीस क्विन्टलका दरले जम्मा एक सय क्विन्टल चामल र थुप्रै स्वास्थ्य सहायता सामग्री सहयोग स्वरूप उपलब्ध गराउनु भएको थियो । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar