जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने प्रदेश सरकारको निर्णय


प्रदेश १: उदयपुरमा एकैदिन ११ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको मगरात डटकमलाई जानकारी दिए।

‘जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भयो,’ उनले भने।आज जिल्लाको भुल्केमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।योसँगै उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित भेटिएका छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar