कोरोना भाइरसको औषधी खोज्ने आयुर्वेदिक प्रयास

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको औषधी पत्ता लगाउन थुप्रै खोज अनुशन्धानहरु भैरहेका छन । मेडिकल साईन्सको क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले कोरोनाको औषधी खोजी अभियानलाई तिब्र बनाईरहेका बेला भारतको बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) ले पनि कोरोना भाईरसको औषधी पत्ता लगाउने प्रयास सुरु गरेको छ ।

यस्तो अनुमति पुणेस्थित नेशनल ईन्स्टिच्युट अफ भाईरोलोजी (एनआईबी) ले कोरोनाविरुद्धको खोप पत्ता लगाउन अनुशन्धान गर्ने अनुमति पाए लगत्तै प्राप्त भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन ।

बिएचयुका वैज्ञानिकहरुले डेंगु रोग निको पार्न प्रयोग गरिने फीफाट्रोल नामक औषधीमाथी अनुशन्धान गर्न लागेका हुन । फीफाट्रोल भनेको विभिन्न १३ जडिबुटीको समिश्रणबाट तयार पारिएको माईक्रोबियल फर्मुला हो ।

यसअघि पनि फीफाट्रोल बारे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले अनुशन्धान गरिसकेको छ । एम्सको अनुशन्धानबाट यसले मानिसको रोग प्रतिरोधी क्षमता बढाउने पुष्टि भएको छ ।

बिएचयुका वरिष्ठ वैज्ञानिक डाक्टर कमल नयन द्विवेदीका अनुसार डेंगु रोगबाट ग्रसित विरामीमा फीफाट्रोलको प्रयोग गर्दा तीन दिनमा विरामीको प्लेटलेस दोब्बर पुगेको थियो ।

अध्ययनले कम्जोर कलेजोलाई पनि बलियो बनाउने तथ्य पुष्टि भएको छ । कोरोना भाईरसका विरामीलाई निको पार्नका लागि जडिबुटीको प्रयोग बारे अनुशन्धान हुन लागेको यो पहिलो पटक हो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar