काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ६ सय ५८ पुगेको छ। संक्रमितको संख्या २५ लाख ७४ हजा ९सय ९४ पुगेको छ । ७ लाख ४ हजार ४९ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार २ सय १६ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म अमेरिकामा ४५ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ । इटलीमा २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार ७ सय १७, फ्रान्समा २४ हजार ६ सय ४८, बेलायतमा १७ हजार ३ सय ३७, बेल्जियममा ६ हजार २ सय ६२, इरानमा ५ हजार ३ सय ९१ र जर्मनीमा ५ हजार ९० जनाको मृत्यु भएको छ ।