ओली-प्रचण्ड सत्ता हत्याउन लागि परे : नेत्रविक्रम चन्द विप्लव’विप्लव’

काठमाडौं : नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवशको शुभकामना दिएका छन्। बुधबार एक वक्तव्य जारी गर्दै स्थापना दिवशको शुभकामना दिएका हुन्।

शुभकामना वक्तव्यमा विप्लवले केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी शर्मा ओली, पुषपकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसदवादीहरुका कारण बहुसंख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा हुन नसकको विप्लवले आरोप लगाएका छन्।

‘दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलिय व्यवस्थाको जालीझेली भ्रष्ट, राष्ट्रघाती, जनघाती तथा दलाल चरित्रमा निस्किनै नसक्ने गरी डुबेर बदनाम, असफल, संकटग्रस्त केफी गुट र सरकार कुनै पनि हालतमा सत्ता छाड्न नचाहने, बरु सम्पूर्ण सामाजिक मूल्य मान्यताहरुलाई फासिँवादको पैतलामुनि दबाएर सत्ता हत्याउन लागि परेको’ जारी वक्तव्यमा भनिएको छ।
नेपाल कम्युनिस्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द विप्लव शुभकामना सन्देश यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar