‘केही हुनेवाला छैन। समाजवादी र राजपा फुटको सम्भावना छैन।”सबै मिलिहाल्छ, छ जना मिलायौँ।राजेन्द्र महतो अध्यादेश ओलीले कुर्सी जोगाउन ल्याएका हुन्

काठमाण्डौं: राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेश केन्द्रीत दल समाजवादी र राजपा नफुट्ने दाबी गरेका छन्।

मधेश केन्द्रीत दुई दल राजपा नेपाल र समाजवादी पार्टीबीच बुधबार एकता गर्ने समझदारीमा हस्ताक्षर भएको थियो। नेता महतोसहितका नेताहरू अहिले दल एकीकरणको निवेदन दिन निर्वाचन आयोग पुगेका छन्।

निर्वाचन आयोगमा पत्रकारहरूसँग कुराकानी गर्दै महतोले भने, ‘फुट्ने सुट्ने कुरा छैन, सबै मिलिहाल्छ।’बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरिरहेको समाजवादी पार्टीका केही सांसदहरूले छुट्टै दल बनाउने कोशिश गरिरहेको थिए। रेणु यादवको नेतृत्वमा समाजवादीका ७ सांसद बुधबार साँझसम्म छुट्टै पार्टी निर्माणको तयारीमा थिए।

तर राजपाका अध्यक्ष मण्डलका नेता महतोले फुट्ने हल्लाबीच जेटर देखाइदिएको बताए। ‘हेरिहाल्नु भयो। समाजवादी फुट्ने भनेपछि जुटेर देखाइदियौँ’, महतोले भने, ‘केही हुनेवाला छैन। समाजवादी र राजपा फुटको सम्भावना छैन।”सबै मिलिहाल्छ, छ जना मिलायौँ। सात लाइ पनि मिलायौँ’, महतोले भने, ‘लकडाउन पछि बाँकी प्रक्रिया पूरा गरेर एकता प्रक्रिया अगाडि बढाउछौँ।’

उनले राजपा र समाजवादी पार्टीबीच एकताको सहमति धेरै अगाडि भएपनि सरकार छाड्न समाजवादीको ढिलाईले एकता लम्बिएको बताए। त्यसपछि राष्ट्रिय सभा निर्वाचन र लकडाउनले एकता रोकिएको उनले बताए।

महतोले सरकारले ल्याएको ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदले पार्टी फुटाउन सक्ने अध्यादेशको विरोध गरे। ‘केपी ओलीले लोकतन्त्रलाइ कमजोर गर्नेऽ पार्टी पद्धती कमजोर गर्ने, देशमा अस्थिरता निम्याउने र निरकुशंता देशमा लाद्ने काम गरिरहेका छन्’, महतोले भने, ‘जुन निरुकंशुता विरुद्ध लड्यौँ। संघर्ष गर्‍यौँ। प्रतिपक्ष चाहिदैँ नचाहिने। जसलाई मन लाग्यो संवैधानिक नियुक्ती गर्ने, दल फुटाउने अध्यादेश ल्याउने।’

महतोले अध्यादेश ओलीले कुर्सी जोगाउन ल्याएको बताए।

‘उहाँले छाड्नुपर्ने कुर्सी जोगाउन ल्याएको अध्यादेश हो’, महतोले भने, ‘नयाँ दल जनता समाजवादी पार्टी गठनको सहमति पत्र दर्ता गराउन निर्वाचन आयोग आएका छौँ।’ उनले लगत्तै संसद सचिवालयमा पनि एकताको जानकारी गराउने बताए।

महतोले सरकारबाटै लोकतन्त्र माथि आक्रमण भएको दावी गरे। ‘हामी लोकतान्त्र दिवस मनाउँदै छौँ। सरकारबाटै लोकतन्त्रमा माथि आक्रमण भएको छ। दलीय पद्धतीलाई कमजोर पार्ने भूमिका सरकारले खेलेको छ। संकट र अस्थितरता निम्याउने काम सरकारबाट हुनु भन्दा दुर्भाग्य के हुन्छ’, महतोले प्रश्न गरे।उनले समाजवादी दल पहिचान र अधिकार चाहाने हिमाल पहाड र तराईको शक्ति बन्ने दावी गरे।

धन्यवाद प्रधानमन्त्रीज्यू, फुटाउँछु भन्नुभएको थियो, हामी जुट्यौं: शरदसिंह भण्डारी

तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक तथा नयाँ बनेको जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा व्यंग्यसहित धन्यवाद दिएका छन्।

बिहीबार बिहान कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा दल दर्ता गर्न पुगेका भण्डारीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएकोमा आफूहरू जुटेको बताए।

‘उहाँले पार्टी फुटाउन अध्यादेश ल्याउनुभएको थियो। हामी जुट्यौं,’ भण्डारीले भने,‘धन्यवाद प्रधानमन्त्रीज्यू।’

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता भइसकेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar