जनकपुर र उदयपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar