नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।उनी पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुरमा परीक्षणका क्रममा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौंमा परीक्षणका क्रममा कोरोना देखिनेमा उदयपुरकी ५५ वर्षीया महिला हुन् । यस्तै जनकपुरमा गरिएको परीक्षणमा कोरोना देखिनेमा १४ वर्षीया बालक छन् ।बिहीबार साँझ थप एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar