चीनले डब्लुएचओलाई दियो ३ करोड अमेरिकी डलर !


काठमाडौं । कोरोना भाइरसले स्वास्थ्य संकट बढेका बेला चीनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ ।

अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोकेपछि चीनले सहयोग रकम घोषणा गरेको हो । कोरोना भाइरसलाई लगभग नियन्त्रण गरेको चीनले विश्वबाटै कोरोना नियन्त्रण गर्न अभियान थाल्नुका साथै सहकार्य पनि बढाएको छ ।

चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको बताएका हुन् । यसले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्ने चीनको दाबी छ ।

डब्लुएचओलाई दिएको सहयोग रकम रोकेपछि अमेरिकाका आलोचना भइरहेको छ भने सहयोग रकम दिने चीनको प्रशंसा बढेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar