कोरोना पिडीत राष्ट्रिय सहयोग समन्वय समिती द्धारा त्रि.वि. मा राहत वितरण

काठमाण्डौं: नेपाल मगर संघ केन्द्रिय समितीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा मजदुर, श्रमिकहरू,गरिवीहरु उद्धारको लागी “कोरोना पिडीत राष्ट्रिय सहयोग समन्वय समिती”खोलिएको थियो, त्यही कोरोना पिडीत राष्ट्रिय सहयोग समन्वय द्धारा त्रि.वि. मा राहत वितरण गरिएका छन्। राहत वितरणमा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर र नेपाल मगर युवा संघ केन्द्रिय समिती अध्यक्ष जयप्रकाश बुढा मगरल राहत सामाग्री लिएर वितरण गर्न त्रिवी पुगेको जाकारी विवेक मगरले मगरात डट कमलाइ जानकारी दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्रछात्रा र त्यस आसपासमा बस्ने मजदुर, श्रमिकहरूलाई उनीहरूले राहत सामाग्री वितरण गरेका हुन् ।

चैत ११ गतेदेखी देश लगडाउन भएसँगै यातायात, कलकारखाना, व्यपार, व्यवसाय एवं विद्यालय, क्याम्पस, निजी तथा आवासिय विद्यालय र विश्वविद्यालय पूर्णरुपमा ठप्प भएका छन् । यातायात, करलकारखाना, व्यापार, व्यवसाय र शैक्षिक संस्थाहरू ठप्प भएपछि त्यसको प्रत्यक्ष प्रभाव मजदुर, श्रमिक र विद्यार्थीलाई परेको छ । यो सँगै उनीहरू खाद्यन्न समस्यामा परेका छन् ।
त्रि.वि. मा अध्ययन गर्ने विद्यार्थी र त्यस आसपासका श्रमिक, मजदुरहरूलाई राहत सामाग्री चामल, दाल, तेल लगायत खाद्यन्नका विभिन्न परिकार वितरण गरिएको नेपाल मगर विद्यार्थी संघ त्रि.वि. का सल्लाहकार विवेक मगरले जानकारी दिए । सल्लाहकार मगरको पहल एवं समन्वयमा राहत वितरण गरिएको हो।
यदि तपाइहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने कोरोना पिडीत राष्ट्रिय सहयोग समन्वय समिती” मा सम्पर्क गर्नुसक्नुहुन्छ।
नेपाल मगर संघ केन्द्रिय समितीको विषेश परिपत्र सहित संघद्धारा वनाइएको कोरोना पिडीत राष्ट्रिय सहयोग समन्वय समिती यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar