किमको स्वास्थ्यमा परामर्श दिन चिनले विकित्सकको टोलि कोरिया पठायो


चीनले उत्तरकोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन चिकित्सकको टोली त्यता पठाएको छ । समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य टोली पठाएको जनाइएको छ । यो साता उत्तरकोरियाली नेता किमको स्वास्थ्य हालै गरिएको मुटुको शल्यक्रियापछि अवस्था जटिल बनेको अपुष्ट खबरहरू सार्वजनिक भएका थिए ।

अप्रिल १५ मा उत्तरकोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्यमा समस्या भएको अनुमान गरिदैं आइएको थियो । यसैगरी रोयटर्सले चीनले चिकित्सकिय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नमा निश्चिन्त हुन नसकेको जनाएको छ । परिचय लुकाइएका आफ्ना दुई श्रोतले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहिवार त्यता गएको जनाइएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar