कोरोना भाइरसको संक्रमणवाट बेलायतमा ३१ नेपालीको मृत्यु


लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ नेपालीको मृत्यु भएको छ । नेपाली दूतावास लण्डन र गोरखा वेलफेयर ट्रष्टको तथ्याङ्क अनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३१ नेपालीको मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा धेरै गोरखा भूतपूर्व सैनिकहरु रहेका छन् । मृत्यु हुने मध्ये २३ जना गोरखा भूतपूर्व सैनिकहरु छन् । ८ भने अन्य व्यक्ति रहेका छन् ।

ज्यान गुमाउनेमा २९ पुरुष छन् भने दुईजना महिला छन् । उमेरगत हिसाबले ३२ वर्षदेखि ९५ वर्षसम्मका व्यक्तिले ज्यान गुमाएका छन् । तथ्याङ्क संकलन प्रभावकारी नभएका कारण मृत्यु हुनेको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको वीनेपालीले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar